ओमिक्रोनको त्रास : पूर्वी नाकामा कडाई

  प्रकाशित मिति
४ माघ २०७८, मंगलवार ११:१५


काँकरभिट्टा, ४ माघ । मेचीनगरमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि आजदेखि काँकरभिट्टा नाकामा आवतजावत गर्ने मानिसहरुमाथि कडाई गर्न थालिएको छ ।
आवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको टिकट अनिवार्य देखाएर मात्र भारत जान वा नेपाल आउन पाउने डीएसपी सुनिलसिंह दाहालले बताए ।

संक्रमण पुनः फैलिएका बेला नेपालतर्फ संक्रमण फैलिन नदिनका लागि चेकजाँच र आवतजावतमा कडाई गरिएको उनले बताए ।

नेपाली र भारतीय नम्बर प्लेटका सिटी सफारी, मोटरसाइकल, अन्य सवारी साधन नेपाल भारत आवतजावत गरेका भए पनि मंगलबारदेखि निश्चित क्षेत्रसम्म मात्र सञ्चालन गर्न पाउने प्रहरीको भनाइ छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न गराउन, मास्कको प्रयोग गन गराउन, सीमा नाकालाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: