ओमिक्रोन त्रास : अब एक महिना झन कठिन

  प्रकाशित मिति
४ माघ २०७८, मंगलवार १५:५१


झापा, ४ माघ । नेपालले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेको संख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुन सक्ने छ ।

यो समयमा लक्षण सहितको संक्रमित करिब १० हजार हुने छन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।

मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ ।

त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आँकलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख ड.कृष्ण पौडेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी दिएका छन् ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: