ओलम्पिक खेलाडीको विदाई

  प्रकाशित मिति
५ माघ २०७२, मंगलवार १४:३२


kh
काँकरभिट्टा । १२ औँ दक्षिण एसियाली साफ च्याम्पियन खेलका लागि नेपालका तर्फबाट सहभागि हुने खो–खो खेलाडीको विदाई गरिएको छ । यो विदाइ प्रतियोगितामा सहभागि हुने खेलाडीहरूको पहिलो विदाई हो ।

मङ्गलबार काँकभिट्टास्थित सामुदायिक हलमा जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित एक कार्यक्रमकाबीच उनीहरूलाई विदाई गरिएको हो । भारतको ग्वाटीमा हुने प्रतियोगिताका लागि नेपालबाट खो–खो खेलका १६ पुरूष, १६ महिला र ३ प्रशिक्षक गरी ३५ जना सहभागि भएका छन् । उनीहरूलाई देशको झण्डा उच्च राख्नका लागि लगनशिल भएर खेल्न र मेडल प्राप्त गरेर आउनका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले निर्देशन दिएका थिए ।

सांसद मनकुमार गौतमले विश्वभर देशलाई चिनाउने पहिलो माध्यम खेलाडी भएकाले सधै देशका लागि खेल्न आग्रह गरेका थिए । कार्यक्रममा ओलम्पिक कमिटिकी सदस्य पुष्पा गुरूङ, इलाका प्रहरी कार्यलय काँकरभिट्टाका प्रमुख श्यामकृष्ण अधिकारी, युवा सङ्घका नगर इन्र्चाज बालकृष्ण थापा, सेपाक ताक्रोका जिल्ला अध्यक्ष अर्जुन लम्साल, राजु सिवाकोटी, उमेश भण्डारीलगायतले शुभकामनासहित विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: