ओलीकै पालामा सम्मान

  प्रकाशित मिति
२१ फाल्गुन २०७२, शुक्रबार ०२:४१


shukhani copy

विर्तामोड। २१ फागुन । २०४६ सालमा प्रजातन्त्र पुनःवहाली भएपश्चात नेपालमा दर्जनौँ सरकार फेरिए । बामपन्थी दलबाटै ६ जना प्रधानमन्त्री भए । नेकपा एमालेबाटै चार जनाले सिंहदरवारमा फोटो टाँगिसके । धन्न, प्रधानमन्त्री केपी ओलीको पालामा मात्र सुखानीका सहिदले राज्यबाट मान्यता पाए ।

आज फागुन २१ गते । झापा विद्रोहमा लागेर पञ्चायतविरुद्ध सङ्घर्षको नेतृत्व गरेको अभियोगमा तत्कालीन निरंकुश शासकले झापाका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजबंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो ।
सहादतको ४३ बर्षपछि मात्र सुखानीका सहिदले मान्यता पाउनुमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनु र त्यसमा पनि सहिदका सहयोद्धा नै प्रधानमन्त्री रहनु मुख्य कारण भएको झापा आन्दोलनका अग्रज नेता एवम् सांसद् नरेश खरेल बताउँछन् ।

यस अघि नेकपा एमालेकै मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका थिए भने एनेकपा माआबादीबाट पुष्पकमल दाहाल र बाबुराम भट्टराई सोही पदमा पुगिसकेका थिए । तर उनीहरूको कार्यकालमा समेत सुखानीका सहिदलाई राज्यले चिनेन ।

सुखानीका सहिद कम्युनिस्टका मात्र सम्झिन नहुने उल्लेख गर्दै एमाले झापाकी महिला नेतृ मीना उप्रेतीले सरकारले सुखानी लगायतका सहिदलाई मान्यता दिएकोमा खुशी व्यक्त गरिन् ।

सहिद रामनाथ दाहालका छोरा नरेन्द्र दाहालले सञ्चारमाध्यमबाट सहिद घोषणाको खबर सुनेको बताए । ‘धेरै पहिलेदेखि हामीले पार्टीलाई घच्घच्याएका थियौँ’, सहिदपुत्र दाहालले भने–‘यो घोषणाले जनताका लागि वलिदान गरेका सच्चा सहिदको सम्मान भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: