ओलीको अठोट–‘हाम्रो भूभाग फिर्ता लिइछोड्छौं’

  प्रकाशित मिति
६ जेष्ठ २०७७, मंगलवार १४:१०


मेचीनगर, ६ जेठ । प्रधानमन्त्री केपी ओलीले कूटनीतिक सम्वादमार्फत नेपाली भूमि फिर्ता लिने अठोटका साथ नै सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको बताएका छन् ।

उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय तमासाका लागि नगरेको बताए । यो नेपालको भूभाग भएको र फिर्ता ल्याइछाड्ने उनले बताए ।

उनले नयाँ नक्सालाई सरकारको निसान छाप र संविधानको अनुसूचीमा समेटिने गरी संविधान संशोधन गरिने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको आज संसद्मा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए । ‘यसको निष्कर्ष निकालिन्छ, हाम्रो भूभाग फिर्ता लिइछोड्छौं’ उनले भने ।

विवादास्पद भनिए पनि यो नेपाली भूभाग भएको र त्यहाँ नेपालले अर्घेल्याई पनि नगरेको उनले बताए ।

उनले भने, ‘यो कुनै चलाखीको हिसाव वा तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन । कुनै तमासा गरिएको होइन, यथार्थमा फिर्ता लिन गरिएको हो । हाम्रो भूभाग हो । हामी फिर्ता लिन्छौं ।’

नयाँ नक्सा जारी गर्ने निर्णयसँगै संविधानको अनुसूची ३ (प्रतिक चिह्न) संशोधन गर्नुपर्ने उनले बताए । त्यसका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने उनले बताए ।

‘अरु विषय हुनसक्छ । त्यसबारे भोलि फेरि छलफल गर्न सक्छौं । तर सबैभन्दा बढी तत्कालीन महत्वको विषय वार्ता, नक्सा र भूमिफिर्तासँग सम्बन्धित छ । मैले विश्वास लिएको छु, त्यो (संविधान संशोधन प्रस्ताव) पारित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: