ओलीको शुभकामना कार्यक्रम आज, सिटौला र लिङ्देन अतिथि

  प्रकाशित मिति
१८ आश्विन २०७९, मंगलवार ०९:५३


झापा, १८ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दसैंको अवसरमा आज विर्तामोडमा शुभकामना कार्यक्रम आयोजना गरेका छन् ।

२०५१ सालदेखि दसैंको नवमीको दिन अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको इतिहास छ ।

यसपालीको कार्यक्रम विर्तामोडको सिटी सेन्टरस्थित साई पाटी प्यालेसमा राखिएको नेकपा एमाले झापाका इञ्चार्ज अग्नी खरेलले जानकारी दिए ।

दिउँसो १ बजे हुने कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका अन्य राजनीतिक दलका नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ ।

ओली यही मंसिर ४ गते हुने आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बन्ने निश्चित छ भने उनलाई पार्टीले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: