ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’

  प्रकाशित मिति
२५ पुष २०७७, शनिबार १३:४७


झापा, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका छन् ।

उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्याली निकालेका हुन् ।

‘धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शन भएको हो ।

उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन् ।

ओली पक्षका नेता महेश बस्नेतको अगुवाईमा धोती जुलुस भएको हो । सहभागी सबैले धोती, कुर्ता, गम्छासहित पगरी लगाएका छन् ।

(देश सञ्चार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: