झापा । झापा विर्तामोडकी स्मृति ओलीले ‘मिस टीन झापा’को उपाधि जितेकी छन् । रेडियो भिजन र सर्जक मञ्च झापाको आयोजनामा हिजो राति अबेरसम्म भएको ‘मिस टीन झापा २०१५’को प्रतियोगितामा ३१ जना प्रतिष्पर्धीलाई पछाडि पार्दै ओलीले उपाधि हात पारेकी हुन् ।
विर्तामोडको बाल्मिकी एजुकेसन फाउण्डेसनमा कक्षा ९ मा अध्ययनरत ओली १४ बर्षकी छिन् । यसैगरी विर्तामोडकै कञ्चनजंगा उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ बर्षीया एलिसा जोशीले ‘फस्ट रनर अप’को उपाधि जितेकी छन् ।
प्रतियोगितामा विर्तामोडकै गोमेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी १७ बर्षीया निसा श्रेष्ठले ‘सेकेण्ड रनर अप’को उपाधि प्राप्त गरेकी छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने तीनै जनालाई व्रmमशः ३५ हजार, ११ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार र बोस्टन एजुकेसन फाउण्डेसनका तर्फबाट इन्जिनियरिङ र नर्सिङ विषयको उच्च शिक्षामा आकर्षक छात्रवृत्ति प्रदान गरिएको छ ।
प्रतियोगितामा झापाका ३२ जना किशोरीले भाग लिएको रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेलले जानकारी दिए ।