ओलीलाई राष्ट्रिय प्रतिभा पुरस्कार

  प्रकाशित मिति
१३ श्रावण २०७३, बिहीबार १७:३४


sarojझापा । भाषा, साहित्य तथा कला क्षेत्रको विकासमा योगदान पुर्याएका विभिन्न स्रष्टालाई नेपाल सरकारले पुरस्कृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राजधानीमा बुधवार एक कार्यक्रम गरी उनीहरूलाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार पाउने विभिष्ट प्रतिभामा झापा शनिअर्जुन निवासी साहित्यकार सरोज ओली पनि रहेका छन् । उनलाई भाषा र साहित्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

संस्कृति विधामा प्रा.डा. कृष्णबहादुर थापा, सङ्गीत र नाट्यमा विष्णुभक्त फुयाँल र ललितकलामा अजितकुमार शाहलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशी जनही एक लाख रुपैयाँ छ ।

यस्तै मन्त्रालयले सो तीन विधामा पाँच विकास क्षेत्रका पाँच जना स्रष्टालाई पचास हजार रुपैयाँको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरेको छ ।
पुरस्कारहरूमा जनही एक लाख रुपैयाँ राशिको महाकवि देवकोटा पुरस्कार बाल साहित्य तथा लोकसाहित्यमा डा. हंसपुरे सुवेदी, निबन्धमा हेमनाथ पौडेल, गद्य आख्यानमा माया ठकुरी र कवितामा मेघराज नेपाल (मञ्जुल)ले प्राप्त गरेका छन् ।

यसै वर्षबाट स्थापना भएको ‘भगत सर्वजति मानव मर्यादा राष्ट्रिय पुरस्कार’ अन्तर्गत दलित मुक्ति आन्दोलनमा पद्मसिंह विश्वकर्मा (मरणोपरान्त), सीप, कला र संस्कृतिमा पदम सुन्दास तथा समाज सुधार अभियानका क्षेत्रमा मोदनाथ प्रश्रितलाई प्रदान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरेका छन् । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद ओलीले कार्यक्रमको सभापतित्व गरेका थिए ।

(२०७३ साउन १३ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: