ओलीले भने–‘गठबन्धनको जित कसैले रोक्न सक्दैन’

  प्रकाशित मिति
२५ कार्तिक २०७४, शनिबार १२:१६


धुलावारी, २५ कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा बाम तथा राष्ट्रबादी शक्तिहरुको बिजयलाई अब कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

बाम तथा राष्ट्रबादी गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका पोलिट्व्युरो सदस्य राम कार्की ‘पार्थ’ उम्मेद्वार रहेको झापा क्षेत्र नं. १ को धुलावारीमा शनिवार विहान आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्रविचको एकताबाट विपक्षीहरु अत्तालिएको जनाउँदै नेता ओलीले नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली काङ्ग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त भएको टिप्पणी गरे ।

आगामी चुनाव देश बिकास गर्ने र देश लुट्नेहरुविचको प्रतिष्पर्धा भएको तिखो टिप्पणी गर्दै उनले आत्मनिर्भरताको अभियानलाई रोक्न गरिदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीहरुविचको एकताले तोडिएको धारणा बताए ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाको उम्मेद्वार रहेका ओली बाम तथा राष्ट्रबादी गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्र र राप्रपाका उम्मेद्वार भएको अन्य क्षेत्रको चुनावी दौडाहामा निस्किएका छन् ।
शुक्रवार झापा क्षेत्र नं. ३ को कार्यकर्ता भेलालाई सम्बोधन गरेका नेता ओलीले शनिवार क्षेत्र नं. १ मा सम्बोधन गरे ।

एमाले समर्थित गठबन्धनबाट झापाको क्षेत्र नं. १ मा नेकपा माओबादी केन्द्रका पोलिट्व्युरो सदस्य राम कार्की ‘पार्थ’ र क्षेत्र नं. ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेद्वार बनेका छन् ।

दुबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाई दिलोज्यानले खटेर चुनावमा अत्यधिक ठूलो मतान्तरले जिताउन ओलीले एमालेका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

क्षेत्र नं. १ को संयुक्त चुनाव परिचालन समितिका संयोजक विष्णु प्रसाइँको अध्यक्षतामा भएको कार्यक्रममा सो क्षेत्रका बाम राष्ट्रबादी गठबन्धनका उम्मेद्वारहरु राम कार्की, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली आफ्ना विचार व्यक्त गरेका थिए ।

माओबादीका श्याम लिम्बु सौभाग्यले सञ्चालन गरेको कार्यक्रममा राप्रपाका झापा क्षेत्र नं. १ का अध्यक्ष रमेश दाहालले समेत सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: