ओलीले सुरुमै सोधे–‘तक्मे बुढो खोइ ?’

  प्रकाशित मिति
२८ फाल्गुन २०७२, शुक्रबार ०५:३५


?????????????

विर्तामोड । उखान, तुक्का, हाँस्य र व्यङ्ग्य मिश्रित ओलीका मन्तव्यले विहीवार विहान विर्तामोड र दिउँसो खुदुनावारीको कार्यव्रmममा दर्शक लठ्ठिए ।

गृह जिल्लामा आयोजित विभिन्न समारोहमा सरिक हुन आएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकांश कार्यव्रmममा दर्शक हँसाउने आफ्नै रोचक शैलीमा भाषण गरेका छन् ।

सुखानीमा पुष्प गुच्छा चढाएर खुदुनावारी गाविस परिसरमा आयोजित पर्यटन अभियान उद्घाटन गर्न आउँदा उनले बाटोदेखि मञ्चसम्मै सर्वसाधारणको तालीले स्वागत पाए ।

जब मञ्चमा पुगेर उनी कुर्सीमा बसे । सम्भवतः उनलाई लाग्यो–पत्रकारहरूले सहज रुपमा तस्वीर खिच्न पाएनन् । उनी कुर्सीबाट जुरुक्क उठिदिए र नजिकै बसेका पत्रकारहरूतिर हेरेर मुस्कुराए । पत्रकारहरूले पनि प्रधानमन्त्री ओलीको आशय बुझिहाले र क्यामेरा तेस्र्याए । करीव १० मिनेटसम्म ओलीले उभिएरै पत्रकारहरूलाई पोज दिएका थिए ।

कार्यव्रmम चलिरह्यो, उनले मञ्चबाटै विभिन्न ज्ञापनपत्र बुझिरहे । तीमध्ये एउटा ज्ञापन पत्र थियो–अनिस सगरमाथा आरोहण सहयोग समितिको । समितिका उपाध्यक्ष दुर्गा भट्टराई, आरोही अनिस र उनका बुवा शिवराम लुइँटेल मञ्चमा पुगेका थिए । ओलीले कानेखुशीको माध्यमबाट अनिस आरोहणका कुरा रुचिपूर्वक सुनिरहेँ । चिया मजदुर, स्वास्थ्य स्वयम्सेविका, साधुटार धार्मिक स्थल लगायतका ज्ञापन पत्र ओलीले मञ्चबाटै ग्रहण गर्न भ्याए ।

?
?

जब भाषणको पालो आयो । उनी माइकसामू उभिए । सम्बोधनको औपचारिकता पूरा गरे लगत्तै सहिद गाथा वा राजनीतिक सरगर्मीमध्ये कुनै एउटा विषयबाट भाषण सुरु गर्लान् भन्ने सबैको अनुमान विपरीत ओलीले ‘ तक्मे बुढो’को प्रसङ्ग पो कोट्याए ।
‘मैले तक्मे बुढोलाई सँगै ल्याएको थिएँ, खोइ देख्दिन अहिले, कता गयो तक्मे बुढो ?’– प्रधानमन्त्री भाषणको सुरुवातमै रसिक मुडमा प्रस्तुत भए ।

उनले भाषण रोकेरै मञ्च र दर्शक दीर्घातिर तक्मे बुढोलाई चिहाए । तक्मे बुढो अर्थात झापाली हाँस्यव्यङ्ग्य कलाकार विल्सनविव्रmम राई कतै देखिएनन् । ओलीले यति भनिसक्दा मञ्चमा बसेका अतिथि र आम दर्शक भुँडी मिचीमिची हाँसिरहेका थिए ।

‘सेन्तेरेमतिर लाग्यो कि क्या हो, तक्मे बुढो !’–ओलीले अझ थपेर झन् हँसाए । केहीवेरपछि झुस्स दाह्री पालेका कलाकार विल्सनविव्रmम राई मञ्चमा उक्लिए । बल्ल ओलीले राईसँग हात मिलाएर भाषणलाई अरु प्रसङ्गतिर मोडे ।

कार्यव्रmममा ओलीले आफ्नो स्मरण शक्तिको पनि राम्रै प्रदर्शन गरे । ‘मुकुन्द न्यौपाने कहाँ हुनुहुन्छ, तपाईले यही खुदुनावारीबाट २०२८ साल भदौ २ गते भूमिगत हुनु भएको होइन र ?’–ओलीले झापा आन्दोलनको विभिन्न महत्वपूर्ण घटनाव्रmम यसरी नै तिथिमितिसहित भनेका थिए । १७ बर्ष जेल परेका न्यौपाने मञ्चमै थिए । उनले ओलीको भाषणप्रति उठेर समर्थन जनाए ।

ओलीले झापा आन्दोलनमा जोडिएका नरेश खरेल, सानो दुर्गा अधिकारी, मनकुमार तामाङ, मनकुमार गौतम, दधिराम उप्रेती, सूर्य उप्रेती, केआर खम्बु, शुभलक्ष्मी राई, प्रदीप नेपाल लगायत दर्जनौँको योगदानको स्मरण तिथिमिति सहित सुनाएका थिए ।

२०२७ साल फागुन १६ गते आफु पव्रmाउ परेको घटना जोड्दै ओलीले खुदुनावारीसँग आफ्नो भावनात्मक र निकै नजिकको साइनो गाँसिएको उल्लेख गरे ।

‘पहिलोपटक पहाडबाट तराई झर्दा म यही खुदुनावारीबाट ओर्लिएको थिएँ’, नोस्टाल्जिक मुडमा बदलिएर उनी भन्दैथिए–‘डाँडाकाँडा घुमेको एउटा पहाडको ठिटो मैले पहिलोपल्ट समथर तराईलाई यहीँबाट देखेको हो ।’

सुखानीका सहिदहरूको पटक पटक स्मरण गर्दै उनले खुदुनवारीका डबल सुब्बा परिवारको समेत चर्चा गर्न भ्याए । घरि ठट्टा, घरि व्यङ्ग्य गर्दै आफ्नो भाषण अघि बढाएका ओलीले सरकारको आयु कसैले हल्ला गर्दैमा नछोट्टिने दावी उखान शैलीमै सुनाएका थिए ।

?

‘टिका लगाउँदा दक्षिणामा पाएको सरकार होइन यो !’, सरकार बलियो र टिकाउ भएको जिकीर गर्दै उनले भने–‘कसैलाई मनमा इच्छा लाग्दैमा ढल्दैन ।’

मेची अञ्चलका महत्वपूर्ण धार्मिक स्थल र पर्यटकीय स्थलको चर्चा गर्दै ओलीले ताप्लेजुङको पाथिभरा, इलामको श्रीअन्तु र झापाको अर्जुनधारा धामको भ्रमण गर्न पाहुनाहरूलाई आग्रह गरेका थिए । मेची पर्यटन अभियान आयोजकले ओलीले भनेका तीन वटै स्थानलाई अवलोकन स्थलको सूचीमा पारेको छैन ।

ओलीले विहीवार विहान विर्तामोडका रक्त सञ्चार भवनको उद्घाटन गर्दा समेत ठट्यौलो तर रोचक शैलीमा भाषण गरेर दर्शक हँसाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: