ओलीे भन्छन्–‘कसैलाई लोकप्रिय छु भन्ने लागेको छ भने जनादेश लिने कुरासँग किन तर्सिएको ?’

  प्रकाशित मिति
१ फाल्गुन २०७७, शनिबार १६:५१


झापा, १ फागुन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले कसैलाई लोकप्रिय छु भन्ने लागेको छ भने जनादेश लिने कुरामा किन तर्सिएको भनेर प्रश्न गरेका छन् ।

आज बुटवलमा आयोजित जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले अदालतले मुलुकलाई अस्थिरतातर्फ जान नदिने अपेक्षा गरेको र संसद् विघटनलाई सदर गर्ने दावी गरे ।

‘यदि संसद् पुनस्र्थापना भयो भने संसद्मा कसैको पनि बहुमत पुग्दैन,’ उनले भने–‘अनि सुरु हुनेछ सांसद्को किनबेच, सरकार बनाउने र गिराउने समीकरणको खेल ।’

अब मुलुकलाई अस्थिरता र अन्योलबाट जोगाएर मुलुकलाई समृद्ध मुलुक बनाउन ताजा जनादेश लिनुको बिकल्प नभएको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: