झापा आइपुगे ओली, एयरपोर्टमा भब्य स्वागत

  प्रकाशित मिति
२ भाद्र २०७९, बिहीबार ०९:१७


 

मेचीनगर, २ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आएका छन् ।

भद्रपुर विमानस्थलमा पाटीृका जिल्ला इञ्चार्ज अग्नी खरेल, जिल्ला अध्यक्ष दिपक कार्की लगायतका नेताहरुले ओलीलाई स्वागत गरेका छन् । ओलीसँगै पत्नी राधिका शाक्य पनि झापा आएकी छन् ।

अध्यक्ष ओली तीनदिन झापामै बस्ने गरी आएका हुन् ।

उनी २२ दिनअघि झापा आउँदा ४ दिन बसेका थिए । यसपटक अध्यक्ष ओलीको कार्यक्रम कचनकबलदृखि गौरादह, बिर्तामोड र इलामको चुलाचुलीसम्म छ ।

भद्रपुर विमानस्थलमा मध्यान्ह अवतरण गरेका अध्यक्ष ओली सिधै कचनकवल लागेका छन् । त्यहाँ बनियानीमा पार्टीको आयोजनामा कार्यक्रम छ।

त्यहाँ बृहत पार्टी प्रवेश तथा क्षेत्र नं ३ का कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली नेपालकै होचो भूमी कचनकवल स्तम्भको अवलोकन गर्ने बुझिएको छ ।

साँझ पाँच बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथीली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरुसँग भेट्ने कार्यक्रम छ । उक्त भेटघाट पशुपति मन्दिरको हलमा हुनेछ । शुक्रबार विहान ११।३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनेछन् ।

दिउसो १ बजे एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उद्घाटन तथा भेटघाट कार्यक्रममा उनी सहभागी हुने थापाले बताए ।

अपरान्ह ३।३० बजे गौरादह नगरपालिका–५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा अध्यक्ष ओली सहभागी हुनेछन् । साँझ ५ बजे पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने उनले जानकारी दिए ।

त्यस्तै भदौ ४ गते विहान ११ बजे प्रोग्रेसिप इन्जिनियर एशोसिएसन नेपालको प्रदेश नं १ स्तरीय सम्मेलन बिर्तामोडको सिटी सेन्टरमा उद्घाटन गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनेछ्न ।

दिउसो १ बजे अनेम संघ झापाको जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्नेछन् । उक्त कार्यक्रम हिमाल पार्टी प्यालेस बिर्तामोडमा हुनेछ । दिउसो २।३० बजे नेपाल उद्योग तथा व्यावसायी महासंघको जिल्ला भेलालाई सम्बोधन गरेर अपरान्ह ३:३० भद्रपुरबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: