ओली जता गए, उतै जनसागर

  प्रकाशित मिति
८ असार २०७४, बिहीबार ०७:५०


oli jhapa 2झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको चुनावमा गृहजिल्लाका आफ्ना उम्मेद्वारहलाई जिताउन विगत ३ दिनदेखि सभा र अर्थपूर्ण भेटघाटमा व्यस्त छन् ।

बुधवार नेता ओलीले विर्तामोड, अर्जुनधारा र काँकरभिट्टाको तनि वटा आमसभालाई एकै दिन सम्बोधन गरेबाट उनी कति चटारोमा छन् भन्ने सजिलै बुझ्न सकिन्छ ।

समय, परिस्थिति र श्रोताको मनोविज्ञान बुझेर रोचक शैलीमा भाषण गर्ने उनको चोटिलो शैली मात्र होइन विपक्षीमाथि घनघोर प्रहार गर्ने शब्दबाणका कारण उनको भाषण सुन्न र हेर्न हजारौँको ओइरो लाग्ने गर्छ ।

त्यसैले उनी जता जता जान्छन्, उता उता जनसागर उर्लिने गरेको छ । अर्जुनधारा, विर्तामोड र काँकरभिट्टाका तीनवटै सभामा बुधवार जनसागर उर्लिएको थियो ।
भीडतर्फ मुस्कुराउँदै उनले बुधवार तीन वटै सभामा उही शैलीमा भने–‘यो उपस्थितिले नै सङ्केत गरिसकेको छ कि घाम उदाउने जिल्ला र नगरमा एमाले हार्दैन, जित्छ जित्छ ।’

ओली १० बजे नै अर्जुनधारा पुग्ने कार्यक्रम तय गरिएको थियो भने विर्तामोडमा १२ बजे र काँकरभिट्टामा २ बजे आउने भनेर प्रचार गरिएको थियो । तर सबै सभामा २ घण्टा ढिलोगरी उनी आए । लामो पर्खाए पनि उनले गरेको मीठो भाषणमा दर्शक लठ्ठिएका थिए ।

हरेक सभामा समर्थक खचाखच थिए, ओलीको भाषणको अनुच्छेद नै पिच्छे तालीको पर्रा छुटेको थियो । उनको भाषणमा यसपटक कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा निशाना परेका थिए ।

oli jhapaकाँकरभिट्टामा भाषणको निशानामा कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा परेका थिए । शर्माको नाम उल्लेख नगरी तर सामान्य स्रोताले पनि सजिलै बुझ्ने भाकामा उनले यस अघि पत्रपत्रिकामा लेख लेखेर र भाषणमार्फत शर्माले गरेका आलोचनाको ओलीले जमेर जवाफ दिएका थिए ।

ओलीले शर्मालाई लक्षित गर्दै धेरै निहुँ खोजे यही क्षेत्रमा आगामी मङ्सिरमा हुने सङ्घीय संसदीय निर्वाचनमा चुनाव लड्न आउने चेतावनी समेत दिए ।

ओली घरी गम्भीर र घरी ठटट्यौली शैलीमा भाषणमा प्रस्तुत भएका थिए । चुनावी प्रसङ्ग निकाल्दै उनले अवको चुनावमा एमालेले मात्र गोल गर्ने र केहि प्रतिष्पर्धी पार्टीलाई रातो कार्ड र केहीलाई पहेलो कार्ड देखाइदिने बताए ।

अर्जुनधाराको शनिश्चरे बजारमा आयोजित सभामा ओलीले सो नगरपालिकाको चुनावमा उठेका उम्मेद्वारहरुको प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए भने विर्तामोडको सभामा माओबादी केन्द्रका हेभीवेट नेताहरुलाई एमालेमा प्रवेश गराएका थिए ।
पुराना वामपन्थी नेता सूर्य उप्रेती (कनकाई), यज्ञराज प्रसाई (मेचीनगर), हर्क खड्का (विर्तामोड), नारायण उप्रेती, नरेन्द्र अधिकारी लगायतलाई अबिर टीका लगाएर

ओलीले पुरानै घर फर्काएका छन् । झापा आन्दोलनमा सँगै जेलनेल भोगेका उनीहरु ओलीका समकालीन योद्धा पनि हुन् ।
माओबादीमा रहेका ती नेताहरुलाई एमालेमा फर्काउन ओलीले निकै मिहेनत गरेको बुझिएको छ ।

विर्तामोड र मेचीनगरमा मेयर पदमा एमालेबाट उम्मेद्वार बनेका ध्रुव शिवाकोटी र विष्णु प्रसाई ओलीका विश्वास पात्र हुन् । उनीहरुलाई चुनावमा जिताउने गरी सघाउन ओली कस्सिएका छन् ।

काँकरभिट्टाको चुनावी कार्यक्रमलाई एमाले केन्द्रिय वैकल्पिक सदस्य तथा झापा क्षेत्र नम्वर १ सांसद राविन कोइराला, मेचीनगर नगर प्रमुख पदका उमेरद्वार विष्णु प्रसाई, उपप्रमुख पदका उमेरद्वार मिना उप्रेती लगायतले सम्वोधन गरेका थिए भने सो अवसरमा निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षता र पार्टीका जिल्ला सचिवालय सदस्य गोपाल बुढाथोकीले स्वागत मन्तब्य राखेका थिए । एमाले जिल्ला सदस्य डिल्ली घिमिरेले कार्यक्रम सञ्चालन र कलाकार राजा राजेन्द्रले हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: