ओली आज झापा आउँदै, एमाले पंक्ति उत्साहित

  प्रकाशित मिति
२८ भाद्र २०७८, सोमबार २०:३२


झापा, २८ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली आज गृहजिल्ला आउँदैछन् ।

ओलीले विर्तामोडमा एमालेले आयोजना हुने जिल्ला भेलालाई सम्बोधन गर्नेछन् ।

भेला विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा राखिएको एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

उनले भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र मंगलवार विहान काठमाडौंबाट हवाईयात्रा गरी अध्यक्ष ओली भद्रपुर विमानस्थलमा आइपुग्ने र त्यहाँबाट सम्मानपूर्वक विर्तामोड पुर्याइने जानकारी दिए ।

नेकपा एमालेको विभाजनपछि बनेको नेकपा एकीकृत समाजबादी पार्टीको प्रभाव झापामा न्यून मात्रामा परेको छ ।

एक जना वडाध्यक्ष, एक जना नगर कार्यपालिका सदस्य र ५ जना पालिका सदस्य मात्र समाजबादीमा गएका छन् ।

अधिकांश जनप्रतिनिधि एमालेमै बसेको अवस्थाबाट एमाले पक्ष निकै उत्साहित देखिएका छन् । ओली यही मौकामा हौस्याउन झापा आउन लागेका हुन् ।

स्रोतका अनुसार ओली मंगलवार नै काठमाडौं फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: