ओली प्रतिष्ठानद्वारा पुरस्कार वितरण

  प्रकाशित मिति
२२ फाल्गुन २०७२, शनिबार १४:३६


झापा, २२ फागुन । झापाको रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा स्थापित मोफोसलको सर्वाधिक राशिको चार पुरस्कार आज प्रदान गरिएको छ ।

एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्दै २०६७ सालमा स्थापित उक्त प्रतिष्ठानले स्थापना गरेको रुद्र ओली स्मृति कृषि पुरस्कार काठमाडौँका भोलामानसिंह बस्नेतलाई प्रदान ग¥यो ।

त्यस्तै गौरादेवी आदर्श आमा पुरस्कार अछामकी मथुरादेवी कुँवर र अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार कीर्तिपुरका प्राध्यापक मोहनराज शर्मालाई प्रदान गरिएको छ । पुस्कारको राशि जनही रु एक लाख एक हजार १११ छ ।

त्यस्तै देवी ओली स्मृति बाल पुरस्कार बाग्लुङका रिवाज श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५१ हजार १११ छ । सबै पुरस्कार उपप्रधान एवम् बालबालिका तथा समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनाली र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रदान गरेका थिए ।

काठमाडौँ निवासी बस्नेतलाई धानबाली उत्पादन बढाउन वायुमण्डलबाट नाइट्रोजन स्थिरीकरण गर्ने प्रविधिको विकास गरी कृषि क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै अछाम निवासी कुँवरलाई एचआइभी सङ्क्रमित महिलाको सशक्तीकरणमा पु¥याएको योगदान र कीर्तिपुर निवासी शर्मालाई नेपाली साहित्यको श्रीवृद्धिमा समालोचनाका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले बताए ।

यसैगरी बाग्लुङका श्रेष्ठलाई १३ वर्षको उमेरमा यान्त्रिक उपकरण निर्माण गरी सफल प्रयोगसमेत गरेकाले उक्त कार्यको कदर गर्दै देवी ओली स्मृति बाल पुरस्कार प्रदान गरिएको छ । यसैबीच प्रतिष्ठानका संस्थापक स्व श्रीप्रसाद ओली र उनकी पत्नी स्व अम्बिकादेवी ओलीको अद्र्धकदको सालिक अनावरणसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: