ओली फर्के लगत्तै सिटौला र दाहाल आउँदै

  प्रकाशित मिति
९ असार २०७४, शुक्रबार २१:३३


sitoulaझापा । मुख्य राजनीतिक दलहरुले शीर्ष नेतालाई आमसभामा उतारेर शक्ति प्रदर्शन गर्न थालेका छन् ।
खासगरी प्रतिष्पर्धी नेकपा एमाले, नेपाल ी कांग्रेस र माओबादी केन्द्रले केन्द्रीय नेतालाई गाउँ र नगरस्तरीय सभामा निम्त्याएर शक्ति देखाउन थालेका हुन् ।
पहिलो चरणको निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला भएका कारण एमालेलाई झापामा आफ्नो लालकिल्ला जोगाउनु परेको छ ।

२०४८ सालको आम निर्वाचन बाहेक अरु निर्वाचनमा एमालेले झापाको त्यतिबेलाको सबै ६ संसदीय सिट जितेर लालकिल्ला घोषणा गरेको थियो । तर त्यसपछिका चुनावमा त्यो किल्ला अलिअलि गर्दै भत्किरहेको छ ।

लालकिल्लाको पहिचान पुनरावृत्त गर्ने अभियानमा जुटेको एमालेले यसपटकको स्थानीय तहको निर्वाचनमा झापाका मुख्य गाउँ नगरस्तरीय चुनावी सभामा अध्यक्ष केपी ओलीलाई उभ्यायो । सभामा उपस्थिति निकै भव्य देखिएको थियो भने मतदातालाई ओलीले आकर्षित गरेका थिए ।

नेपाली कांग्रेस झापाको दोस्रो ठूलो शक्तिको रुपमा यस अघिको निर्वाचनबाट स्थापित भइसकेको छ । २०४८ र २०६४ को निर्वाचन बाहेक अरुबेला कांग्रेसले एमालेकै हाराहारी हैसियत ल्याएर झापामा बलियो सावित गर्दै आएको छ ।

एमालेको लालकिल्ला भत्काउने अभियानमा निरन्तर लागिरहेको कांग्रेसले स्थानयि तहको निर्वाचनमा एमालेको पकेटका मतदाता तानेर पहिलो शक्ति बन्ने लक्ष्य लिएको देखिन्छ । यसैका लागि उसले चुनावी प्रचारको समापन नजिक ठूला आमसभा गर्ने रणनीति लिएको छ ।

काँकरभिट्टाको हनुमान मन्दिर छेउमा शनिवार हुने मेचीनगर स्तरीय आमसभालाई पूर्व उपप्रधानमन्त्री एवम् पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मन्त्री केशवकुमार बुढाथोकी र युवा नेता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम छ ।

prachanda२०६४ को पहिलोसंविधानमा एमाले र कांग्रेसलाई झण्डै झण्डै बढारेको माओबादी केन्द्रले दोस्रो संविधानसभा चुनावमा नराम्रो पराजय व्यहोर्नु पर्यो । तर त्यही हारबाट पाठ सिकेर उसले अहिले संगठनलाइै निकै मजबुत बनाएको बताइन्छ । माओबादी पनि कमजोर छैन भन्ने देखाउन र आफ्ना पकेटका मतदातालाई ऊर्जा थप्न सोमवार काँकरभिट्टामै आमसभाको आयोजना गरेको छ ।

आमसभालाई माओबादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यो ठाउँ त्यही हो, जहाँ केही दिन अघि एमालेका केपी ओलीले सम्बोधन गरेका थिए भने शनिवार कांग्रेसका नेता सिटौलाले पनि सम्बोधन गर्ने छन् ।
झापाका अधिकांश क्षेत्रमा एमाले, कांग्रेस र माओबादीविच त्रिकोणात्मक चुनावी संघर्ष देखिन्छ । केही क्षेत्रमा राप्रपा पनि त्यही लहरमा उभिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: