‘खेल सकियो, अब मुक्का हानिदैन’

  प्रकाशित मिति
२८ मंसिर २०७४, बिहीबार १३:२९


झापा । झापामा बिजय सभा सकेर काठमाडौँ पुगे लगत्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावलाई कुस्ती खेलको संज्ञा दिदै अब कसैलाई पनि मुक्का प्रहार नगरिने बताएका छन् ।

ओलीले बधाइ दिन आएका सङ्घ संस्थाका प्रतिनिधिसँगको भेटमा त्यस्तो बताएका हुन् ।
चुनावका बेला प्रतिष्पर्धी भएकोले काङ्ग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ थियो ।

‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुन्छ । तर खेल सकिएपछि बाटामा हिँडेका बेला मुक्का हानिदैन’, ओलीले भने–‘त्यसैले अब एमाले अन्य पार्टीसँग सहकार्य गरेर अघि बढ्छ । किनभने अब पाँच बर्षका लागि चुनावी प्रतिष्पर्धा सकियो ।’

ओलीले प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्ने बताएका छन् । ‘काङ्ग्रेसले बहुमत ल्याएका बेला एमालेसँग कुरा गर्नेहरुलाई पनि झुटा मुद्दा लगाएर फसाइएको थियो’ ओलीले भने–‘तर हामी त्यस्तो गर्दैनौं ।’

आगामी सरकार क्षमताहिन मानिस थोपर्ने ठाउँ नहुने ओलीले बताए । भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा अघि बढ्न निजामती कर्मचारीहरुलाई अध्यक्ष ओलीले आग्रह गरेका छन् ।

ओलीले यसपालीको निर्वाचन विकास र समृद्धिका लागि जनताको अभिमतको क्रान्ति (ब्यालेट रिभोलुसन) भएको बताए ।

नेपालमा जनताको हक अधिकारको खोजीका लागि कहिले शसस्त्र क्रान्ति, कहिले जनआन्दोलन भए पनि यसपालीको निर्वाचनमा जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेको ओलीले बताए ।

ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्ने बताएका छन् ।

उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिए । ‘अब हड्ताल र बन्दको युग सकियो’, ओलीले भने–‘अब उत्पादन, विकास र समृद्धिको युग सुरु भइसक्यो ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: