ओली र प्रचण्ड समूहको बालुवाटारमा छुट्टाछुट्टै स्थायी कमिटी बैठक

  प्रकाशित मिति
१३ श्रावण २०७७, मंगलवार १३:२७


मेचीनगर । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार डाकिएको बैठक स्थगित गरेपछि उनीइतर समूहले बालुवाटार स्थायी कमिटी बैठक सुरू गरेको छ ।

सोमबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा भेला भएका ओलीइतर समूहका नेताहरूले आजको बैठक जसरी पनि चलाउनु पर्ने निष्कर्ष निकालेका थिए ।

ओलीले बैठक स्थगित गरे पनि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरू बालुवाटार पुगेका थिए ।

बालुवाटारमा आफू पक्षमा अरू पनि स्थायी कमिटी सदस्य आएपछि अध्यक्ष प्रचण्डले बैठक चलाएका हुन् ।

‘हाम्रो बैठक जारी छ । बैठकमा २५ जना स्थायी कमिटी सदस्य हुनुहुन्छ,’ बरिष्ठ नेता झलनाथ खनालले भने । नेकपा स्थायी कमिटी अहिले ४४ सदस्यीय छ ।

यसैबीच प्रधानमन्त्री ओलीले पनि आफ्ना निकट स्थायी समितिसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

मङ्गलबार बिहान प्रधानमन्त्री र प्रचण्डबीच छलफल हुने कुरा थियो ।

तर प्रधानमन्त्रीले बिहान डेढ घण्टा कुर्दा पनि प्रचण्ड नआएकाले स्थायी समिति बैठक स्थगित गरिएको प्रधानमन्त्री निकट स्थायी समिति सदस्यले बताए ।
‘उहाँ (प्रचण्ड) घाँटी दुख्यो भनेर आउनु भएन’, उनले भने ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: