औषधि पसलमाथि कारबाही

  प्रकाशित मिति
७ असार २०७३, मंगलवार १४:४५


DSC02798

भद्रपुर । झापाको भद्रपुरमा औषधि पसलको व्यवसायी दर्ता प्रमाणपत्र नभएका र प्रव्रिmया नपुगेको ल्याब बन्द गरिएको छ ।

औषधि व्यवस्था विभाग विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालयकोे संयुक्त अनुगमन टोलीले चन्द्रगढी र भद्रपुर क्षेत्रका औषधि पसलको अनुगमन गरेको छ । अनुगमनको व्रmममा दुई औषधि पसल र एउटा ल्याब बन्द गराइएको छ । आकस्मिक रुपमा गरिएको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालकले पसल बन्द गरेर हिँडेका थिए ।

अनुगमनको व्रmममा युनिक आयुर्वेदिक औषधि पसल चन्द्रगढी, भद्रपुर अस्पताल गेट अघि रहेको सुभद्रा मेडिकल हल र मेची पब्लिक हेल्थ लेबोरेटरी सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेकाले पसल बन्द गराइएको हो । चन्द्रगढी, भद्रपुर क्षेत्रमा रहेका ल्याब, डेन्टल, औषधि पसल, फार्मेसी लगायतको अनुगमन भएको थियो ।

अनुगमन टोलीमा औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत गणेशकुमार तामाङ, जिल्ला प्रशासन कार्यालय झापाका शाखा अधिकृत प्रमोद भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गोपाल लिम्बू रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: