औषधि बोकेर बाढीग्रस्त सप्तरीतिर

  प्रकाशित मिति
७ श्रावण २०७४, शनिबार २०:५३


saptariमेचीनगर । गत माघमा प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवको आयोजना गर्ने मेचीनगरको एउटा टीम ६ लाख रुपैयाँ मूल्य बराबरको औषधि वितरण गर्न सप्तरीको बाढी प्रभावित क्षेत्रमा गएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको नेतृत्वमा मेचीनगरको सो टीम शनिवार सप्तरीतर्फ गएको हो । टीममा महोत्सवका पदाधिकारीहरु विजय डालमिया, पुष्प पौडेल, उमेश सुबेदी, सुरेश खतिवडा र सुरेश खड्का रहेका छन् ।

सप्तरीको मैनाकबरी गाउँपालिकामा आइतवार आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा त्यो औषधि वितरण गरिने नेकां मेचीनगरका प्रवक्ता पुष्प पौडेलले जानकारी दिएका छन् ।

त्यहाँको स्वास्थ्य शिविर नेपाल विद्यार्थी सङ्घको मधेस प्रदेश समितिले आयोजना गरेको हो । शिविरमा मेचीनगरको टोलीले वीपी स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानका १२ जना डाक्टरलाई सँगै लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: