मेचीनगर, २२ जेठ । जिल्ला प्रशासन कार्यालय झापामा विहीवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति झापाको बैठकले कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
सबैभन्दा बढी कोरोना संक्रमित भएको कचनकबल गाउँपालिकामा सेना परिचालनको निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बैठक भएको थियो ।
क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने निर्णयमा उल्लेख छ ।
हाल कचनकबल गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।