कचनकवलका १७ जना निको भएर घर फर्किए

  प्रकाशित मिति
२० जेष्ठ २०७७, मंगलवार १४:१७


झापा । कोरोना भाइरस संक्रमण भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका १८ जना निको भएर गएराती घर फर्किएका छन् ।

अस्पतालबाट डिस्र्चाज हुनेहरुमा १७ जना पुरुष झापाको कचनकवल गाँउपालिका र एक जना धरान १३ कि महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको प्रवक्ता डा.सापकोटाले बताए ।

प्रतिष्ठानका अनुसार उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.ईन्द्र लिम्बु लगायतले विदाई गरेका थिए ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो ।

झापाका निको भएका १७ जना नागरिकहरुलाई बसमा पठाइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: