मेचीनगर । विहीबार कचनकवलमा थप ३ जनासहित झापामा कोरोना संक्रमितको संख्या १५६ पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार झापाको कचनकवलमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कचनकवल वडा नम्बर ५ को जानकी माविको क्वारेन्टाइनका २ र वडा नम्बर ४ को महेन्द्ररत्न माविको क्वारेन्टाइनका १ जना पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।
उनीहरु सबै जना भारतको मुम्बईबाट आएका थिए । कचनकवलमा मात्र योसहित ११५ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।
यससँगै संक्रमितको संख्या झापामा १५६ जना पुगेको चौलागाईले जानकारी दिए ।