मेचीनगर, १ जेठ । कचनकवल गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् ।
कचनकवल–१ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् ।
लिम्बुले १ हजार ४४२ मत र राप्रपाका लक्ष्मीनारायण यादवले १ हजार ११० मत ल्याएका छन् । यादव निवर्तमान वडा अध्यक्ष समेत हुन् ।
त्यस्तै एमालेका धनलाल राजवंशी २८८ र माओवादी केन्द्रका १८७ मत ल्याएका छन् । त्यसैगरी वडा सदस्यहरूमा काँग्रेसका अन्तप्रसाद राजवंशी, उग्र नारायण राजवंशी, सान्जावती राजवंशी र सुनिता दर्जी निर्वाचित भएका छन् ।
कचनकवलको अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेस र एमालेले चुनावी गठबन्धन गरेपनि वडामा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका थिए ।