कञ्चन कृषि सहकारीले बाँड्यो सदस्यलाई बिउबिजन

  प्रकाशित मिति
७ मंसिर २०७६, शनिबार २०:२७


बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ झापाले एक कार्यक्रमको आयोजना गरी आफ्ना सेयर सदस्यलाई घरेलु विषादी बनाउने ड्रम तथा विउबिजन वितरण गर्नुका साथै तालिम समेत दिएको छ ।
संस्थाका कृषि उपसमिति संयोजक फणिन्द्र ढुङ्गानाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका कृषि शाखा प्रमुख कृष्ण ढुङ्गेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा सहभागी सेयर सदस्यहरुलाई बिउबिजन बितरणका साथै घरेलु जैविक मलखाद बनाउने तामिका साथै सो बनाउने ड्रम समेत बितरण गरिएको थियो । सोही अवसरमा १९ वटा कृषक समूह समेत गठन गरिएको थियो ।
२०६६ सालमा स्थापना भएको यस सहकारीले सहकारी अभियानमार्फत बुद्धशान्तिको ग्रामिण क्षेत्रका कृषकलाई सहकारीको माध्यमबाट आर्थिक, सामाजिक उन्नतिमा सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष सुरज दङ्गाल, लेखा समिति सदस्य बिष्णुमाया दाहालले शुभकामना मन्तय दिँदै बताएका थिए ।


संस्थाकी सञ्चालक समिति सदस्य हीरा सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव खेमराज कट्टेल तथा व्यवस्थापक तीर्थ तिम्सिनाले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: