कठै ती धानहरु !

  प्रकाशित मिति
४ कार्तिक २०७८, बिहीबार ११:२८


शिवसताक्षीमा हावाहुरी सहितको पानीले क्षति पुर्याएको धान ।

‘कठै यी धानहरु, कठै यिनका मालिकहरु ! साच्चै अरु व्यवसायलाई ह्रासको समयमा पुनः उठाउन सरकारले मद्दत गरे झै अब किसानहरुलाई पुनः उठाउन, भोकमरीबाट बचाउन सरकारले कुनै पहल गर्ला कि नगर्ला ?’

बेलुका कति बेलादेखी पानी पर्या पत्तो नभए पनि बिहान चाहिँ झरी परिरहेकै बेला उठे म । विहानीको शुभ समय त पानी रोक्किएला कि भन्दैमा बित्यो । एकै छिनमा खाना खाने समय पनि भइगयो । खाना खाएसी पो पानी रहला कि भन्या त्यो पनि मेरो चाहना मात्र भयो ।

दिन भरी नै पानी परेको परै शुभदिन पनि पानीले खतम पारिदियो । यो लेख्दा पनि परिरहेकै छ । सम्भवतः शुभरात्री पनि खतम नै हुनेछ । दिन त तास खेलेर, सुतेर जसोतसो पार लाग्यो, रात पनि सुतेरै बित्ला । तर रोकिएन भने भोलि के होला भन्ने बारे पूरै तनमन यसैमा धरेर सोचमग्न थिए । मामुबाट आदेश आयो “मेरो औषधि सक्किएछ जा त लिएर आइज।”

ठ्याक्कै दिउँसोको ४ बजेर १५ मिनेट हुँदा म मामुको आदेश पालना गर्न अन्दाजी १ कि. मी पर पर्ने औषधालय तिर लागे । एक हातले छाता समाती अर्को हात पाइन्टको गोजिमा हालेर हिडे । अरे हौँ गाठे ! घर पर्तिरको खोल्सो त पुरै जलाम्मे पो छ त !
मुलै फुटो क्या हो ? रा..म रा..म ! सडक पनि पुरै हिल्लाम्मे हैन यो मौसम चाहिँ बर्खाको हो कि पर्वको हौँ ? मौसम देखर मलाई ताजुब लाग्यो । ताजुब नै लागे पनि बर्षातमा हिड्ने अवसर प्राप्त भएकाले ताजुबताका सात म हिडिरए फर्मिन जि वान नामक औषधि लिन ।

यो कु–बेलाको बर्षातमा मलाई कुनै पनि रोमाञ्चकताले छोएकै थिएन । मलाई लाग्छ यो भोग्ने कसैलाई पनि यसको रोमाञ्चकताले छुदैन । तर आश्चर्य सडक नजिक उभिएका सधैं धुलाम्मे र उदास हुने कदम, सिसौ, आँप, कुटमिरो, चाप, खमारी र टिकका बृक्षहरु भने बढो रोमाञ्चित देखिन्थे । ठ्याक्कै नव दुलही जस्तै । कताकता लजाए जस्तो, कताकता धकाए जस्तो, खुल्न खोजेको तर खुल्नै नसके जस्तो । वाह ! ती बृक्षाहरुको सुन्दरता ।

मलाई त आरिस नै लाग्यो यिनीहरुको सुन्दरता देखेर । सोचे कुनै प्रगतीवादी लेखकले यी वृक्षहरुको सुन्दरताको बयान कसरी गर्दा हुन् ? बाटो छेउका बृक्षहरुको सुन्दरता हेर्दै हिडिरहेको मेरो नजर अचानक खेतको धानहरुमा पर्यो । धान देख्या मात्र के थिए ममा बैरागी जागीहाल्यो । हे दैव सोतर भएर लडेका छन् धानहरु । के यसरी सोतर हुने उनीहरुको इच्छा थियो होला र ?

उनीहरुको इच्छाले त उनीहरु सितसँग खेल्दै आफुलाई भरिलो र झरिलो पार्न चाहदा हुन् । तर उनीहरुको भाग्यमा यो अविरल र भीषण वर्षा पर्यो । कहाँ थियो र उनीहरुसँग यो हुरी सहितको वर्षा थेग्ने सामार्थ्य । भीषण वर्षा मात्र हो र ? हुरी पनि ।
कठै यी धानहरु, कठै यिनका मालिकहरु ! साच्चै अरु व्यवसायलाई ह्रासको समयमा पुनः उठाउन सरकारले मद्दत गरे झै अब किसानहरुलाई पुनः उठाउन, भोकमरीबाट बचाउन सरकारले कुनै पहल गर्ला कि नगर्ला ?

।। गगन ढकाल ।।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: