कतारबाट फर्केका व्यक्ति मेचीको आइसोलेसनमा

  प्रकाशित मिति
११ चैत्र २०७६, मंगलवार १४:०२


मेचीनगर । कोरोना भाइरसको सङ्क्रमित मुलुक कतारबाट फर्केका गौरादह–९ का एक व्यक्ति रुघा निको नभएपछि उपचारका लागि मङ्गलवार मेची अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् ।

‘आज विहान ११ बजेतिर अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागि उहाँलाई भर्ना गरिएको हो’–भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भने ।

नगरप्रमुख श्रेष्ठका अनुसार कतार एयरवेजको जहाज चढेर दोहाबाट काठमाडौं हुँदै झापा आएका ती पुरुष विगत ६ दिनदेखि रुघाले ग्रस्त छन् । उपचारका लागि उनी आफै अस्पताल आइपुगेका हुन् ।

अस्पतालमा कोरोना भाइरसबाट बँच्ने सुरक्षित ज्याकेट (पीपीई)को अभाव र न्यून जनशक्ति भएका कारण कोरोना उपचारका लागि बनाइएका आइसोलेसनमा उपचारको व्यवस्था मिलाउन कठिन भइरहेको प्रमुख श्रेष्ठले बताए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा. पिताम्बर ठाकुरले आन्तरिक हवाई उडानसमेत बन्द रहेका कारण आइसोलेसनमा भर्ना भएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भनी स्वाव परीक्षणका लागि काठमाडौं पठाउन नसकिएको बताएका छन् ।

उनले सरकारले आपतकालीन अवस्थामा स्वाव परीक्षणका लागि नमुना काठमाडौं पठाउन हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बताए ।

नगरप्रमुख श्रेष्ठले झापामा विदेशबाट आएका १० जना व्यक्ति हाल स्थानीय सरकारको सम्पर्कमा रहेर होमक्वारेन्टाइनमा बसिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: