कतै दाग नलागेको मेयर उपयुक्त

  प्रकाशित मिति
२४ चैत्र २०७३, बिहीबार ०९:४४


madav pakurel
मेचीनगर नगरपालिकाकै मेयर तथा उपमेयरको प्रसङ्ग कोट्याउने हो भने पहिलो कुरा त भिजन क्लियर हुनु पर्यो । मेची नगरपालिका आफैमा सबै कुराले सम्पन्न छ । तर काँकरभिट्टाका आँखाले मात्र बाहुनडाँगीको माथ्लो बेल्ट, त्यसैगरी धाइजन, ज्यामिरगढी, दुवागढी सबैलाई हेर्ने हो भने त्यो एकदमै अधुरो रहन्छ । त्यसैले यहाँको भूगोल बुझेको मान्छे, कतै दाग नलागेको मान्छे र प्रभावशाली व्यक्तित्वले नै यी सबै कुरालाई हाँक्न सक्दछ ।

अहिलेको स्थानीय निर्वाचनमा पार्टी मात्र मान्छेले हेर्र्दैनन् । उसले विगतमा गरेका क्रियाकलाप, मान्छेको मन छुने कामहरु, आचरण यी सबै कुराहरुमा निर्भर रहन्छ । हुन त अहिलेको चुनाव भनेको पार्टीगत नै हो । तर पार्टीले पनि अब यस्ता उम्मेदवारलाई अघि सार्नु पर्यो । जसले सिङ्गो मेचीनगरपालिकालाई नै माया गर्न सकोस् । उसका भिजनहरु क्लियर हुन् । अब हामी यस्तो मिसनमा जाँदैँछौँ भन्ने कुरा चाँहि जनताले थाहा पाउनु पर्यो ।

विगतमा सभासद् छाने जस्तो यो अहिलेको स्थानीय निकायको निर्वाचन नहुन सक्छ । यसतर्फ पनि सचेत राजनीतिक पार्टीहरुले बुद्धिमतापूर्ण निर्णय गरेको खण्डमा मेचीनगर पालिकाभित्र मुलुकलाई नै हाँक्न सक्ने दूरदृष्टि भएका नेताहरु नभएका चाहिँ होइनन् । त्यसतर्फ बेलैमा जनताले थाहा पाउनु पनि जनताको पक्षबाट हेर्ने हो भने जनताको मौलिक अधिकार पनि हो ।

मेचीनगर पालिका आफैमा पनि एउटा सूर्याेदयको जिल्ला पनि हो । यहाँ अनेकौँ मठ मन्दिरहरु पनि छन् । व्यापारिक हिसावले प्रमुख नाका पनि हो । यहाँका जङ्गलहरु विभिन्न उद्योगहरु, चिया बगानहरु, कलकारखाना, ठूलठूला उद्योग, बजार, नदिनालाहरु, शैक्षिक प्रतिष्ठानहरु यी आफैँमा महत्वपूर्ण स्थान ओगट्ने सम्पदाहरु हुन् । यी सबैलाई चलायमान गर्ने व्यक्ति सामान्य र चानचुने पनि हुनु हुँदैन । यी विशालतालाई पक्कै पनि विभिन्न पार्टी पङ्तिहरुले महसुस गर्ने बेला आइसकेको छ ।

जे होस् हामीलाई विश्वास छ । अहिलेका राजनीतिक पार्टीहरुले विश्व संसार देखिसक्नु भएको छ । छिमेकीहरु कहाँ कहाँ पुगिसकेका छन् । त्यो कुरा पनि हेरिसक्नु भएको छ । मलाई विश्वास छ । अबको नेतृत्वले मेचीनगरमा पनि गर्व गर्न लायकको नेतृत्वलाई छान्ने छन् । जसले गर्दा हामी सबैको भाग्य सबैले देख्ने गरी, महसुस गर्ने गरी, आउने नै छ भन्ने विश्वास गरेका छौँ ।
(लेखक त्रिदेव बहुमखी क्याम्पसका प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: