कनकाईका समाजसेवी पोखरेलको निधन

  प्रकाशित मिति
१५ पुष २०७७, बुधबार १९:४३


सुरुङ्गा, १५ पुस । कनकाई नगरपालिका–१ स्थित दुर्गापुर निवासी गणेशप्रसाद पोखरेलको आज निधन भएको छ ।

उनको ८७ वर्षको उमेरमा उपचारका क्रममा बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा बुधवार साँझ निधन भएको हो ।

पोखरेलले केहि वर्षअघि मुटको अप्रेशन गरेका थिए । कोरोना भाइरसले स्वास्थ्यमा केहि समस्या आएपनि पीसीआर परीक्षण गर्दा ‘नेगेटिभ’ आएको थियो । तर, स्वास्थ्यमा सुधार नआएको परिवारको भनाइ छ । उनी बीएण्डसी अस्पतालमा एक हप्तादेखि उपचारमा थिए ।

उनका श्रीमती देवीमाया, चार छोरा राजेन्द्रकुमार, निर्माण, दिनेश र फाल्गुणी पोखरेल र ७ जना छोरीहरु छन् । उनको विहीबार विहान कनकाई आर्यघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

उनी तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतका प्रधानपञ्च समेत हुन् । उनका छोरा राजेन्द्रकुमार कनकाई नगरपालिकाका प्रमुख हुन्, निर्माण काठमाडौँमा व्यवसायी गर्छन्, दिनेशकुमार पोखरेल अष्ट्रेलियामा व्यवसाय गर्छन् ।

दिनेश झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: