कनकाईकी कोरोना संक्रमित महिलाको धरान अस्पतालमा मृत्यु

  प्रकाशित मिति
२१ भाद्र २०७७, आईतवार १४:३५


मेचीनगर, २१ भदौ । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

गत १८ गते अस्पतालमा भर्ना भएकी झापाको कनकाई नगरपालिका–३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १०ः४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
महिलामा १८ गते नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भएकी थिइन् ।

गम्भीर स्वास्थ्य समस्या भएपछि त्यहाँबाट १८ गते वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर भएकी थिइन् ।

परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

योसँगै झापा कोभिड–१९ को संक्रमणबाट ३ जनाको ज्यान गएको छ । यसअघि मृत्यु हुनेमा कमल गाउँपालिका र दमक नगरपालिकका १÷१ जना छन् ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: