कनकाईकी शान्ता काठमाडौंमा सम्मानित

  प्रकाशित मिति
२७ फाल्गुन २०७६, मंगलवार २१:००


झापा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता) काठमाडौँमा सम्मानित भएकी छन् ।

काष्ठमाण्डप रोटरी क्लबले शान्तासहित समाजिक कार्यमा सक्रिय काठमाडौँकी रिता राई र अनिता बज्राचार्यलाई सम्मान गरेको हो । तीनै जनालाई काठमाडौँको होटल ¥याडसिनमा आयोजित समारोहकाबीच कदर पत्र, खादा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

झापा कनकाई नगरपालिकाकी शान्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाको हक, हित र अधिकार संरक्षणको लडाइँमा १५ वर्षदेखि क्रियाशिल छिन् । उनी सुस्त मनः स्थिति सरोकार समाज नेपालकी अध्यक्ष हुन् । कनकाई नगरपालिकामा अहिले संस्थाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ ।

राई अनाथ बालबालिका र बज्राचार्य अटिजम भएका बालबालिकाको पक्षमा क्रियाशिल छन् । सम्मान पाएपछि सम्बोधन गर्दै शान्ताले समाजसेवाको बाटोमा थप क्रियाशिल भएर हिँड्न प्रेरणा मिलेको बताइन् ।

विगत दश वर्षदेखि समाजमा पृथक काम गरेर फरक छाप बनाएका प्रेरणदायी महिलालाई संस्थाले सम्मान गर्दै आएको रोटरी क्लबका निराजन भट्टराईले बताए । उनका अनुसार वर्षेनी नेपालभरिबाट उत्कृष्ट नारी छानेर पुरस्कृत गरिँदै आएको छ ।

क्लबका पास्ट प्रेसिडेन्ट प्रदीप श्रेष्ठ, फस्ट लेडी प्रिती थापा, पास्ट फस्ट लेडी उषा श्रेष्ठ, कोषाध्यक्ष सोफी उपाध्याय, आईभीपी सञ्जिव रिजाल लगायतले सम्मानित व्यक्तित्वहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: