कनकाईको बजेट चालिस करोड

  प्रकाशित मिति
५ पुष २०७४, बुधबार १२:०८


कनकाई । कनकाई नगरपालिकाले प्रथम नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले मङ्गलवार कनकाई–१ जामुनवारीस्थित आफ्नै कार्यालयमा बजेट सार्वजनिक कार्यक्रमको आयोजना गरी आव ०७४÷०७५ को लागि ४० करोड २६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्वूले बजेट सार्वजनिक गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बजेट पुस्तिका वाचन गरेका थिए ।

नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईले स्वागत गरेको कार्यक्रममा विशेष अतिथि प्रदेश सांसद झलकसिंह दर्लामी, हिरा थापालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्र कार्कीले गरेका थिए । कार्यक्रममा नगरका ९ वटै वडाका वडाध्यक्षसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: