कनकाईको लक्ष्मीपुरमा शाखा सञ्चालन

  प्रकाशित मिति
१७ श्रावण २०७५, बिहीबार १९:००


बिर्तामोड । कनकाई विकास बैङ्कले आफ्नो १६ औँ शाखा विस्तार गरेको छ । सर्वसाधारणलाई सुविधा होस् भनेर बैङ्कले अर्जुनधारा नगरपालिकास्थित लक्ष्मीपुरमा शाखा सञ्चालनमा ल्याएको हो ।

बैङ्कका पूर्व अध्यक्ष माधव पराजुली र सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका छन् । उद्घाटनको क्रममा बैङ्कका सञ्चालक समितिका पूर्व अध्यक्ष माधव पराजुलीले बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तारले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

बैङ्कका सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले लक्ष्मीपुरमा कुनै पनि बैङ्कको उपस्थिति हुन नसकेको अवस्थामा यस विकास बैङ्कले यहाँका स्थानीयलाई आधुनिक बैङ्किङ सुविधा उपलबध गराउने लक्ष्यका साथ शाखा स्थापना गरेको जानकारी दिए ।

झापा, मोरङ र इलाम जिल्ला कार्य क्षेत्र रहेको यस बिकास बैङ्कले यस अगावै झापामा ७ वटा, इलाममा ४ वटा र मोरङमा ४ वटा गरी कुल १५ शाखा मार्फत आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ । थप शाखा विस्तारको क्रममा अन्य स्थानहरुमा पनि सम्भाव्यता अध्ययन भइरहेको बैङ्कले जनाएको छ ।

हाल ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा उपलव्ध गराउँदै आएको बैङ्कले गत आर्थिक वर्ष २०७४÷७५ मा करिब १ अर्ब ८८ करोड रुपैयाँ निक्षेप सङ्कलन र १ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड रुपैयाँ सञ्चालन मुनाफा हासिल गरेको छ । यसैगरी, ५० करोड रुपैयाँ चुक्तापुँजी भएको सो बैङ्कले निकट भविष्यमा थप दुई जिल्लामा कार्यक्षेत्र विस्तार गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: