कनकाईमा घुडाको सफल प्रत्यारोपण

  प्रकाशित मिति
११ पुष २०७४, मंगलवार १०:५७


बिर्तामोड । कनकाई हस्पिटल बिर्तामोडले एक महिलाको दुईवटै घुडाको सफल प्रत्यारोपण गरेको छ ।
हस्पिटलले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी बुद्धशान्ति गाउँपालिका वडा नं ४ की ६० वर्षीया नरमाया भुजेलको दुवै घुडाको सफल प्रत्यारोपण गरेको जनाएको छ ।

नरमाया केही महिनादेखि घुडाको बाथको समस्याबाट पीडित थिइन् । उनलाई रोगले चापेपछि आफन्तले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेको थियो । तर, उपचारमा संलग्न चिकित्सकले नरमायाको उपचार सम्भव नहुने बताएपछि नरमायालाई परिवारले घर फिर्ता ल्याएको थियो । बिराम झन् बढ्न थालेपछि नरमायालाई एक महिना अघि कनकाई हस्पिटल विर्तामोडमा भर्ना गरिएको उनका ज्वाइँ नरबहादुर भुजेलले बताए ।

अस्पतालका प्रबन्ध निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. प्रेमबहादुर शाहीको टिमले नरमायाको दुवै घुडाको प्रत्यारोपण सफल रुपमा गरेको हो । डा. शाहीसहितको टिमले एक महिना लगाएर नरमायाको घुडाको जटिल शल्यव्रिmया गरेको हो । डा. शाही हाडजोर्नी सम्बन्धी विशेषज्ञको रुपमा पूर्वाञ्चलमै राम्रा मानिन्छन् ।

बिरामीको अवस्थामा सुधार भइरहेकाले केही दिनभित्र उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको हस्पिटलका अध्यक्ष महेन्द्रबहादुर राईले बताए ।

उनका अनुसार नरमायाको उपचारमा करिव १० लाख रुपैयाँ खर्च भएको छ । अस्पतालले परिवारको अवस्था हेरेर एकलाख रुपैयाँ छुट पनि दिएको छ । पत्रकार सम्मेलनमै अस्पतालले बिरामीको छोरीज्वाइँलाई सो बराबरको चेक हस्तान्तरण गरेको छ ।

अस्पतालको नयाँ भवन बन्ने

विगत दश वर्षदेखि सञ्चालित विर्तामोडको कनकाई हस्पिटलको नयाँ भवन बन्ने भएको छ ।
बिर्तामोड–६ बुट्टावारीमा रहेको जग्गामा भवन बनाउने काम अघि बढाइएको छ । जसका लागि माटो परीक्षण र इन्जिनियरद्वारा भवनको नक्सा बनाउने काम भइरहेको हस्पिटलका अध्यक्ष महेन्द्रबहादुर राईले बताए । उनका अनुसार आगामी चार वर्षभित्रमा हस्पिटलको नयाँ भवन बनिसक्नेछ । नयाँ भवन ५० देखि एकसय वेडसम्मको सुविधा सम्पन्न हुनेछ ।

हस्पिटल क्षेत्र साँघुरो बन्दै गएको र बिरामीको पनि चाप बढेकाले नयाँ भवन बनाउन थालिएको हस्पिटल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: