कनकाईमा पानीको सतह बढ्दै, चार घर सारिए (फोटो फिचर)

  प्रकाशित मिति
२७ असार २०७७, शनिबार १६:५८


दुधे, २७ असार । झापामा बिगत चौबीस घण्टादेखिको अबिरल बर्षा अपरान्ह थामिएको छ । तर इलाममा वर्षा रोकिएको छैन । जसका कारण कनकाई नदीमा पानीको बहाव बढ्दै छ ।

शनिवार कनकाईको बाढीबाट शिवसताक्षी १० मा सुकुम्बासीका ४ घर विस्थापित भएका छन् । उनीहरुलाई रेडक्रस झापाले दिएको त्रिपालमा सुरक्षित ढंगले सारिएको छ ।

नेपाल रेडक्रस सोासाइटी झापाको आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काका अनुसार पहाडतिर वर्षा नरोकिए कनकाईको वहाव बढेर एलर्टको अवस्थामा पुग्ने सम्भावना छ ।

कनकाई नदीमा शनिवार दिउँसो पानीको तह ३ दशमलब १ मिटर मापन गरिएको थियो । बाढीको पूर्वानुमानको भाषामा यसलाई जोखिमउन्मुख मानिन्छ । पानीको तह ३ दशमलव ८ मिटर पुगेमा खतरा मानिन्छ । त्यस्तो अवस्था आएमा नदी छेउछाउका बासिन्दालाई सतर्क गराइन्छ ।

इलाम वर्षा हुँदा झापामा बाढी आउने गरेको छ । शनिवार इलामको कन्याममा ५६ मिलिलिटर, सोक्तिममा ५१ मिलिलिटर, चन्द्रगढीमा ५९ दशमलव ६ मिलिलिटर र दोमुखामा ७६ दशमलव ६ मिलिलिटर वर्षा भएको रेडक्रसको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

रेडक्रसले शनिवार नै झापामा रहेका सबै उपशाखालाई नदी तटीय क्षेत्रमा समुदायलाई सतर्क गराउन ‘एलर्ट मेसेज’ पठाएको छ ।

बाढी आउने जोखिमका बेला नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले र खोला तर्नेहरुले होशियारी अपनाउनु पर्ने रेडक्रसको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: