कनकाईमा राति बाढी आउनसक्ने, सतर्क रहन मौसम विभागको चेतावनी

  प्रकाशित मिति
५ श्रावण २०७७, सोमबार २०:११


फाइल फोटो : चन्द्र चुडाल, महामन्त्री, नेरेसो झापा

झापा, ५ साउन । जल तथा मौसम विभागले झापाको कनकाई नदीमा आज राति बाढी आउनसक्ने र त्यसबाट छेउछाउका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने चेतावनी दिएको छ ।

‘इलामको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेकोले झापाको कनकाईको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा हुनेहरुले रातिसम्मै उच्च सतर्कता अपनाउनुहोला’ –विभागले सोमवार साँझ ६ बजे मोबाइलमार्फत पठाएको सतकर्ता सन्देशमा भनिएको छ ।

विभागले अझ दुई दिनसम्म पूर्वी क्षेत्र लगायत मुलुकको अधिकांश भागमा भारी वर्षा हुनसक्ने मौसमी पूर्वानुमान गर्दै आएको छ ।
कनकाई नदीको जलसतह ३ दशमलब ८ मिटर पुगेपछि सतर्कताको तहमा उक्लिएको मानिन्छ ।

जलसतह मापनका लागि झापाको सीमा नजिक इलामको मैनाचुलीमा बाढी मापन केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: