कनकाई । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले भौतिक पूर्वाधारहरुको विकास गर्न सकिएमात्रै समग्र मुलुकको स्वरुप परिवर्तन हुने बताए ।
झापाको सुरुङगास्थित कनकाई बहुमुखी क्याम्पसमा मुमोलास अटोमेसन सिस्टमको सफ्टवेर जडित पुस्तकालयको आज उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकको पहिलो आवश्यकता नै पूर्वाधारको विकास हो भने ।
उनले अबको समयमा सूचना र प्रविधिको विकासले मात्र अगाडि बढ्न सकिने हुँदा सफ्टवेयर जडित पुस्तकालयले यहाँ अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकले समेत पुस्तकालयको भरपुर लाभ सक्ने धारणा व्यक्त गरे ।
पाँच लाख ५० हजार रुपैयाँको लागतमा सफ्टवेयर जडित पुस्तकालयमा १२ हजार पुस्तक राखिएको क्याम्पसका प्राध्यापक तीर्थराज खरेलले बताए । तीन सयभन्दा बढी स्रोत ग्रन्थसमेत पुस्तकालयमा राखिएको बताइएको छ । वि.सं. २०४७ मा स्थापना गरिएको उक्त क्याम्पसमा अहिले एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् ।