झापा, ३ जेठ । मेयरका स्वतन्त्र उम्मेद्वार (चुनाव चिह्न जेब्रा घोडा)ले सुरुदेखि अग्रता लिएका कारण चर्चामा रहेको कनकाई नगरपालिकाको मतगणनामा नेकपा एमाले अघि बढेको छ ।
एमालेका मेयर पदका उम्मेद्वार राजेन्द्र पोखरेलले आज विहान ६ बजेसम्मको गतगणना नतिजा अनुसार ६,४६१ मत ल्याएर अग्रता लिएका छन् ।
मेयरमा एमालेका पोखरेललाई नेपाली कांग्रेसका उम्मेद्वार रुद्र चिमरियाले पछ्याइरहेका छन् । चिमरियाले ४,८५८ मत पाएका छन् ।
चर्चामा रहेका स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापा (चुनाव चिह्न जेब्रा)ले ४,६२३ मत ल्याएर कांग्रेसका चिमरियालाई टक्कर दिइरहेका छन् ।
राप्रपाका मेयर पदका उम्मेद्वार श्यामसुन्दर ओलीले १,७१५ मत पाएका छन् भने विवेकशील साझाका उम्मेद्वार भीमप्रसाद अधिकारीले १३२ र स्वतन्त्र उम्मेद्वार टंक उप्रेतीले १७ र देवीप्रसाद उप्रेतीले १ मत ल्याएका छन् ।
उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेद्वार आशा शिवाकोटीले ७,९०७ मतका साथ अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेकी मञ्जु प्रसाईले ६,६६७ मतका साथ पछ्याइरहेकी छिन् ।
नगरमा अव ६,४०० मत गणना हुन बाँकी छ ।