झापा, १ माघ । हरेक वर्ष माघे संव्रmान्तिको अवसरमा झापाको कनकाई माईधारमा भव्य मेला लागेको छ ।
माईधारमा मकर स्नानका लागि हजारौँ भक्तजन मेलामा जाने गरेका छन् । मेलामा रोटेपिङजस्ता मनोरञ्जन दिने विभिन्न खेलहरु राखिएका छन् ।
मेलामा कुनै अप्रिय घटना हुन नदिन उल्लेखनीय सख्यामा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए। झापाको माईधारमा परापूर्वकालदेखि लाग्दै गरेको यो मेलामा सुनसरी, मोरङ, झापालगायत भारतीय नागरिक पनि आउने गर्दछन् ।