कनकाई : मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा कांग्रेसकी आशा निर्वाचित

  प्रकाशित मिति
४ जेष्ठ २०७९, बुधबार ०६:५१


सुरुंगा, ४ जेठ । कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल पुनःनिर्वाचित भएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् ।

कनकाईको ९ वटा वडामध्ये वडा नं.७ र ८ मा कांग्रेसले र बाँकी ७ वटा वडमा नेकपा एमालेले जितेको छ ।

पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याएका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याएका छन् ।

पोखरेलले चिमरियालाई २ हजार १२ मतले पराजित गरेका हुन् ।

उपमेयरमा नेपाली कांग्रेसकी आशा शर्मा शिवाकोटीले १० हजार ७ सय १३ मत ल्याएर बिजयी भएकी छन् । एमालेकी मन्जु प्रसाईले ८ हजार ८ सय ४५ मत ल्याइन् ।

कनकाईमा कांग्रेसबाट बागी बनेर मेयरको स्वतन्त्र उम्मेद्वार बनेका शेरबहादुर थापाले तेस्रो लोकप्रिय मत ल्याएका छन् ।

उनले ५ हजार ५ सय ९१ मत ल्याए । राप्रपाका उम्मेद्वार श्याम ओलीले २ हजार २ सय ५ मत ल्याए ।

साझा विवेकशील पार्टीका मेयरका उम्मेद्वार भीम अधिकारीले १७३ मत ल्याएका छन् । विप्लब माओवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार देवी अधिकारीले ९ मत र मौलिक जरोकिलो पार्टीकी टंका उप्रेतीले १९ मत पाएका छन् ।

उपमेयरमा राप्रप्राकी सचित्रा चुडालले १६१९ मत, नेकपा एकीकृत समाजबादीकी अम्बिका उप्रेतीले ६०४ मत र साझा विवेकशीलकी अम्बिका चापागाईले ११२ मत, उन्नत लोकतन्त्र पार्टीकी बिन्दा बराइलीले ७ मत र मौलिक जरोकिलो पार्टीले १५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: