चिमरियाको उम्मेद्वारी

  प्रकाशित मिति
१९ असार २०७३, आईतवार १०:३३


Lila(2)कनकाई । आसन्न कनकाई उद्योग वाणिज्य स्ङघको चुनावमा अध्यक्ष पदमा लीलाप्रसाद चिमरियाले उम्मेदवारी दिने भएका छन् ।

नेपाली काङ्ग्रेस कनकाई नगर समितिको पूर्ण बैठकले चिमरियालाई अध्यक्ष पदमा अघि सार्ने निर्णय गरेको नगर सभापति नेत्रप्रसाद चिमरियाले जानकारी दिए ।

लामो समयदेखि व्यवसायमा आवद्ध उनी सुरुङ्गा जेसीजका संस्थापक पनि हुन् ।

झापा उद्योग वाणिज्य सङ्घ शाखा सुरुङ्गको निर्वाचित उपसचिव भई एक कार्यकाल काम गरिसकेका चिमरिया सामाजिक क्षेत्रमा पनि लोकप्रिय छन् ।

उनी लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट, कर्मयोग भवन निर्माण समितिका सचिव, कनकाई घाट संस्थाका कार्यसमिति सदस्य लगायतका जिम्मेवारीमा रहेका उनी अघिल्लो झापा उद्योग वाणिज्य सङ्घ शाखा सुरुङ्गाको चुनावमा अध्यक्ष पदमा १७ मतको झिनो अन्तरले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: