कनकाई विहानीको रक्तदान

  प्रकाशित मिति
१ आश्विन २०७३, शनिबार १५:४०


14292328_1399589513402312_1728140261215999566_n
कनकाई, १ असोज । कनकाई विहानी क्लब कनकाई नगरपालिका–१ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको कार्यक्रममा ३६ बडीले रगत दान गरेका थिए ।

क्लबका सदस्य गोकुल भुजेलबाट सुरु गरिएको रक्तदान कार्यक्रममा ३१ औं पटकसम्म रक्तदान गर्ने सामाजिक व्याक्तित्व राजेन्द्रकुमार पोखरेललगायत थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक रक्तसञ्चार सेवाको प्राविधिक सहयोग रहेको थियो ।

सो अवसरमा निम्स नेशलन हस्पिटल दमकका अध्यक्ष बलभद्र कोइराला र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका रक्तसंचार प्रमुख सिद्धार्थ शर्मालाई प्रशंसापत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कनकाई नगरपालिकामा कार्यकारी अधिकृत खगेन्द्र गिरीको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष मनोज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, जामुनावारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पर्शुराम गिरी, क्लबका सल्लाहकार अनिरुद्र ओली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष पदम खवासले स्वागत र सदस्य चुडामणि ढकालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमका विशिष्ट अतिथि बलभद्र कोइरालाले उत्कृष्ठ कार्यक्रमको आयोजना गरेको भन्दै आयोजक संस्थाका अध्यक्षलाई कदरपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कोइरालाले कनकाई विहानी क्लबले सिफरिस गरेर पठाइएका कुनै पनि विरामीले २० प्रतिशत छुटमा उपचार पाउने उद्घोष गरेको कनकाई विहानी क्लका सचिव देवीप्रसाद न्यौपानेले जानकारी दिए ।

वडा नागरिक मञ्च कनकाई–१ का संयोजक ताराप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सचिव नवलकिशोर दत्त, सुरुङ्गा सहकार्य युवा क्लबका सदस्य सुदिप भण्डारी, सूर्याेदय युवा क्लबका अध्यक्ष रोहित कोइराला लगायतको आतिथ्य रहेको कार्यक्रममा स्थानीय समाजिक व्यक्तित्व शिवहरि काफ्लेले रक्तदाताहरुलाई २ कार्टन फ्रुटी प्रायोजन गरेको क्लबकी कोषध्यक्ष दुर्गादेवी ओलीले जानकारी दिइन् । उक्त कार्यक्रमको सञ्चालन क्लबका सदस्य रीता उप्रेतीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: