कनकाई स्मारिका लोकार्पित

  प्रकाशित मिति
१२ मंसिर २०७३, आईतवार ०९:०४


कनकाई । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाद्वारा प्रकाशित कनकाई रजत स्मारिका–२०७२ को लोकार्पण गरिएको छ ।

क्याम्पसको सभाहलमा शनिवार आयोजित कार्यव्रmममा अग्रज साहित्यकार चूडामणि रेग्मी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केदारप्रसाद गिरी, प्राध्यापक गङ्गाप्रसाद अधिकारी र सहप्राध्यापक चूडामणि वशिष्ठले संयुक्त रुपमा स्मारिकाको लोकार्पण गरेका हुन्क ।

२०४७ सालमा स्थापित क्याम्पसले २०७१ सालको सरस्वती पूजादेखि रजत महोत्सव सुरु गरी ०७२ फागुन ७ गते समापन गरिएको थियो ।

कार्यव्रmममा स्मारिका सम्पादन समितिका संयोजक सहप्राध्यापक जीवनाथ सुबेदीले कार्यव्रmमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यव्रmममा मेची बहुमुखी क्याम्पस भद्रपुरका सहप्राध्यापक चूडामणि वशिष्ठले पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । विज्ञापन सङ्कलन समितिका संयोजक एवम् प्राध्यापक सङ्घ एकाइ समितिका सभापति हरिप्रसाद तिम्सिनाले स्मारिका प्रकाशनको आर्थिक पक्षको बारेमा जानकारी गराए ।

कनकाई सामुदायिक वन समुहका अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई घाट संस्थाका अध्यक्ष प्रभाखर कडरिया, कनकाई माविका प्रधानाध्यापक आशा शर्मा शिवाकोटी, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका प्रअ योन्देन सुनुवार, चम्पापुर माविका प्रअ डम्बरबहादुर राउत, सिंहदेवी निमाविका प्रअ डम्बरप्रसाद फुयाँल, टाघनडुब्बा गाविस सचिव राजेन्द्रकुमार पराजुली, शिक्षासेवी ताराकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको कार्यव्रmममा क्याम्पस प्रमुख सहप्राध्यापक टङ्कबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यव्रmमको सञ्चालन उपप्राध्यापक तीर्थराज खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: