कनालले दिए १३ वटा एन–९५ मास्क

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार २३:२४


मेचीनगर । कार्यपालिका सदस्य कृष्ण कनालले व्यक्तिगत रुपमा १३ वटा एन–९५ मास्क शनिबार मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

कनालले डब्लुएचओको मापदण्ड अनुसारका उक्त संख्याका एन–९५ मास्क मेचीनगर प्रमुख विमल आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

कनाल नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक तथा नेकपा मेचीनगरका नेता समेत हुन ।

मास्क हस्तान्तरण कार्यक्रममा मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेती, प्रदेश न.१ का सांसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, संंघीय समाजवादी पार्टी मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ लगायतका नेता तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: