कन्याममा चित्रकला प्रदर्शनी सुरु (फोटो फिचर)

  प्रकाशित मिति
१६ मंसिर २०७८, बिहीबार १९:३७


कन्याम, १६ मंसिर । काँकरभिट्टाको देही आर्ट ग्यालेरीको आयोजनामा ईलामको कन्याममा आजबाट मंसिर शनिबारसम्म तीन दिवशीय कला प्रदर्शनी तथा द इम्प्रेसन्स–७ महापरिनिर्वाण सुरु भएको छ ।
भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा भगवान गौतम बुद्घको दर्शनमा आधारित कला प्रदर्शनी सुरु गरिएको हो ।

स्थानीय श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रममको उद्घाटन १ नम्बर प्रदेश सांसद बुद्घिमान कागते तथा भारतका पर्यटन प्रबर्धनका अभियन्ता राज वसुले संयुक्त रुपमा ब्यानर खोलेर गरेका थिए ।

कार्यक्रको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि कागतेले पर्यटन प्रवर्धनमा साहित्य, कलाक्षेत्रबाट ठूलो सहयोग पुग्ने बताए ।

भगवान गौतम बुद्घको ज्ञानलाई चित्रकलाको माध्यमबाट समाजमा प्रस्तुत गर्दै समाज रुपान्तरणमा देही आर्टको भूमिका सकारात्मक भएको र यसले पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताए ।

सो अवसरमा विशेष अतिथि राजबसुले भगवान गौतम बुद्घ सिदार्थबाट कसरी गौतम बुद्घ बने र उनी आज संसारमा किन महापरिनिर्माणको रुपमा ज्योती छरिरहेका छन् भन्ने विषयमा जानकारी गराएका थिए । उनले बुद्घको सोच र ज्ञानलाई हरेक ब्याक्तिले अपनाउने हो भने जीवनमा दुःख नहुने बताए ।

सो अवसरमा कलाकार छितेन शेर्पाले ‘भन्ते र भिक्खा’ शिर्षकमा पर्फमेन्स आर्ट गरेका थिए । उनले कपाल खौरेर भिक्षुको भेषधारण गरि ३ बजेसम्म भिक्षा मागेका थिए । सो अवसरमा स्थानीय तथा विद्यालयका विद्यार्थीहरुले चित्रकला प्रदर्शनीमा अवलोकन गरेका थिए ।

प्रदर्शनीमा भगवान बुद्घको २० बाई ६ फुटको क्यानभाष तथा बिभिन्न २० वटा अन्य चित्रहरु राखिएको छ । कार्यक्रममा प्रदेश नम्बर १ का १५ जना कलाकारहरुले कार्यशाला गरि जलरंग चित्र बनाएका छन् ।

उद्घाटन सत्रको साँझ ‘संग्स अफ फिलोसफी ’नामक अनप्लग्ड सांगीतिक कार्यक्रम हुने भएको छ । त्यसैगरी दोस्रो दिन भोलि स्थानीय विद्यालयका विद्यार्थीहरुलाई चित्तकला सम्बन्धी कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम रहेको छ ।

त्यस्तै तेस्रो दिन शनिबार बिभिन्न कार्यशालासहित कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीमा राखिएको उक्त क्यानभाषको चित्र देही आर्टका कलाकारहरु छितेन शेर्पा, तुलसी श्रेष्ठ, विष्णु लिम्बू, विनोद राजवंशी, सविन सुनुवार, रोषन सुब्बा, रिता राई, मौलिक लिम्बू, सुशील राई, अभिषेक प्रधान लगायतले निर्माण गरेको बताइएको छ ।

कार्यक्रमको सञ्चालन कलाकार विनोद राजवंशीले गरेका थिए ।

।। अर्जुन कार्की ÷ डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: