कमजोर छैनन् नारीहरू

  प्रकाशित मिति
२५ फाल्गुन २०७२, मंगलवार ०५:४१


झापा । चुलाचौकामै समय बिताउने महिलाले पछिल्लो समय आफूलाई समाजमा स्थापित गर्दै लगेका छन् । सरकारी होस् वा निजी क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका छन् । तिनै मध्येकी हुन्, शान्ता बराल, अनिता थापा र इन्दिरा राउत ।

सफल शान्ता
अम्बिका भण्डारी

santa
भद्रपुर ।
सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन ।
जस्तो खोज्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन ।
गायक तारादेवीले गाएका यी गीतका हरफहरू भन्दा फरक छैन शान्ता बरालको जीवन कहानी । उसबेला वकालत गर्ने लक्ष्य लिएर कानून पढेकी शान्ता यतिबेला राष्ट्रिय बाणिज्य बैङ्क भद्रपुरकी प्रबन्धक छिन् ।
२०४४ सालमा भद्रपुर शाखाबाटै सेवा प्रवेश गरेकी शान्ता राष्ट्रिय बाणिज्य बैङ्क पूर्वाञ्चलकै एक्ली प्रबन्धक हुन् ।
२०६५ सालमा दमक शाखाबाट कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न थालेकी उनी कार्यरत बैङ्कले जिल्लाकै सबै सरकारी कार्यालयहरूको बैङ्किङ कारोवार हेर्नु पर्छ ।
उनले पछिल्लो समय महिलाहरूको बैङ्किङ क्षेत्रमा आकर्षण बढ्दै गएको बताइन् । भन्छिन्–‘सुरु सुरुमा बैङ्कको जागिर चाहिँ पुरुषले मात्र खान्छन् भन्ने सोच थिया,े तर पछिल्लो समय महिलाहरू माथिल्लो तहसम्म पुगेर काम गर्न थालेका छन् ।’
देशभर राष्ट्रिय बाणिज्य बैङ्कका १ सय ६१ शाखा छन् । जसमध्ये पूर्वाञ्चलमा राष्ट्रिय बाणिज्य बैङ्कका ४० वटा शाखा रहेका छन् । ती बैङ्कमा १० प्रतिशत मात्र महिला कर्मचारी रहेका छन् । राष्ट्रिय बाणिज्य बैङ्कमा देशभरमा उनी जस्ता ४ जना महिला मात्र प्रबन्धक छन् ।
बैङ्किङ क्षेत्रमा यो काम पुरुषले गर्ने र यो काम महिलाले गर्ने भनेर नछुट्टिएको बताउँदै उनी भन्छिन्–‘बैङ्कको आफ्नै नीति नियम हुन्छ, त्यसैमा रहेर काम गर्दा गाह्रो हुँदैन ।’
उनी महिलाहरूलाई उद्यमशील बन्न आग्रह गर्छिन् । कुनै पनि कामका लागि लगातार लागिरह्यो भने सफलता हात पार्न सकिने उनको ठम्याई छ । विहान ७–८ बजेतिर घरबाट निस्किने उनी बेलुका अवेला मात्र घर पुग्छिन् । उनी विहान बेलुकाको समय मिलाएर मात्र फिल्डमा जाने गर्छिन् ।
उनलाई परिवारको राम्रो सहयोग छ । उनी भन्छिन्–‘जसरी पुरुष अघि बढ्न महिलाको हात हुन्छ, त्यसरी महिला अघि बढ्न पनि पुरुषको हात हुन्छ ।’ राष्ट्रिय बाणिज्य बैङ्कको मेनेजर हुँदै रिटायर्ड भइसकेका छन् उनका पति प्रेमनाथ बराल । तर, पनि यतिबेला उनी आफैंसँग गुनासिन्छिन्–परिवारको जिम्मेवारीलाई वहन गर्ने हुँदा अझै माथि पुग्ने अवसर गुमाएकोमा । उनलाई पहिला नै बढुवाको थुप्रै पटक अवसर आएको थियो । तर हुर्कदै गरेका छोरा र छोरी पढाउन घरपायक जागिर गर्ने सोचका कारण उनले ती अवसरलाई गुमाएकी थिइन् । उनका छोरा प्रशान्त इन्जिनियर छन् भने छोरी प्रेशा डाक्टर छिन् ।
खोटाङ जिल्लामा आमा उमादेवी भट्टराई र बुबा एकराज भट्टराईको सन्तानको रुपमा जन्म लिएकी बरालले विवाह पछि नै अध्ययनलाई पूरा गरेकी थिइन् । उनको सानै उमेरदेखि कालो कोट लगाएर अदालतको वेञ्चमा उभिएर वकालत गर्ने लक्ष्य थियो । त्यही अनुरुप अध्ययन पनि पूरा गरिन् । वकिलको लाइसेन्स लिएर बैङ्कको जिम्मेवारी सम्हालिरहेकी बराल रिटायर्डपछि वकालत गरेर आफ्नो लक्ष्य पूरा गर्ने बताउँछिन् ।
उनी महिलाहरूलाई यसरी सुझाउँछिन् –‘लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ, शिक्षामा विशेष ध्यान दिनुपर्छ, भोलिका दिनमा धेरै महिला यस क्षेत्रको माथिल्लो निकायसम्म पुगेर काम गर्न सक्छन् ।’

गाविसकी कमाण्डर
झुलन रेग्मी

indira
विर्तामोड । चुलाचौकामै समय बिताउने महिला पछिल्लो समय आफूलाई समाजमा स्थापित गर्दै लगेका छन् । सरकारी होस् वा निजी क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका छन् । तिनै मध्येकी एक हुन्, इन्दिरा राउत ।
उनी गरामनी गाविसको सचिव पदमा कार्यरत छिन् । विर्तामोड घर भएकी राउत जिल्लाको सम्भवतः एक्ली महिला गाविस सचिव समेत हुन् । निजामती कर्मचारीको रुपमा प्रवेश गरेसँगै राउत जनताको सेवामा हरदम समर्पित छिन् ।
‘गाविसको योजना तर्जुमा गर्नेदेखि सेवाग्राही काममा व्यस्त छु’, राउतले लोकतन्त्र पोष्टसँगको कुराकानीमा भनिन्, ‘जिम्मेवारी सम्हालेसँगै बाल क्लब तथा महिला सञ्जाल प्रव्रिmयालाई अघि बढाएको छु ।’
राउतले सरकारी सेवा सुरु गरेको २९ वर्ष पुगिसकेको छ । वि.सं. २०४४ सालदेखि उनी सरकारी सेवामा प्रवेश गरेकी हुन् । ताप्लेजुङको शिक्षा कार्यालयमा मुख्य पदमा रहेर उनले काम गरिन् । आठ वर्षसम्म शिक्षा कार्यालयमा काम गरेपछि उनी ताप्लेजुङको जिल्ला सहकारी कार्यालयमा सरुवा भइन् । करिब एक वर्षको बसाईका व्रmममा सहकारीको अवस्था र योजना बनाउने काममा उनले मुख्य भूमिका निर्वाह गरिन् । त्यसपछि इलाम सहकारी कार्यालयमा सरुवा भएर आएसँगै उनको बढुवा पनि भयो ।
खरिदार पदमा रहेर उनले त्यहाँ एक वर्ष काम गरिन् । विभिन्न जिल्लामा त्यो पनि फरक प्रकृतिको सरकारी कार्यालयमा रहेर उनले जनतालाई सेवा दिइसकेकी छन् । ‘मैले धेरै वटा कार्यालयमा काम गरिसकेकी छु’, आफ्नो अनुभव सुनाउँदै राउत भन्छिन्–‘यसले ममा कामको जिम्मेवारी बोध गराउन सहयोग पुर्याएको छ ।’
पहाडी जिल्लाको सरकारी कार्यालयमा लामो समय रहेर सेवा प्रदान गरेकी राउत ०६२ सालमा सरुवा भएर गृह जिल्ला आइ पुगिन्, झापा जिल्ला सहकारी कार्यालयमा नासु पदमा रहेर उनले जिल्लाबासीको मन जितिन् । उनको कार्यशैलीको प्रशंसा गर्दै सरकारले स्थानीय निकाय अन्तरगत गाविस सचिवको जिम्मेवारी दिएको हो । उनले ०६२ सालदेखि निरन्तर गाविस सचिवको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
मोरङको जिल्ला विकास समिति अन्तरगत राजघाट गाविसको सचिव पदमा रहँदा उनले थुप्रै रचनात्मक काम गर्न भ्याइन् । ‘कामले काम सिकाउँदो रहेछ’, राउत भन्छिन्–‘जस्तोसुकै काम गर्न पनि सक्छु भन्ने आत्मबल बढाएको छ ।’
राजघाटको छोटो बसाईसँगै उनी पुनः झापामा सरुवा भएर आइन् । ०७१ सालदेखि उनी झापामै बसेर निरन्तर जनताको सेवामा समर्पित छिन् । झापा जिविसको प्रशासन फाँटमा गरेको कामको उच्च मूल्याङ्कन गर्दै उनलाई सरकारले गत मङ्सिरदेखि गरामनी गाविस सचिवको जिम्मेवारी दिएको छ ।
‘निजामती कर्मचारीको आफ्नो कामप्रतिको जिम्मेवारी हुन्छ’, राउतले भनिन्–‘स्थानीयस्तरमा काम गर्ने सिलसिलामा केही समस्या आउँदा रहेछन्, त्यसलाई चिरेर अघि बढिरहेको छु ।’
गाविसको सिङ्गो विकासमा उनी दत्तचित्त भएर लागेको बताउँछिन् । ‘यो गाविसमा थोरै कर्मचारी छन्’, कार्यालय व्यवस्थापनबारे राउत भन्छिन्–‘यद्यपि व्यवस्थापन गर्दै गाविसको समग्र विकासमा समय दिइरहेको छु ।’ आफू सक्षम भए पुरुषसरह महिलाले काम गर्न सक्ने उनको तर्क छ ।
गाविस हकहित संरक्षण मञ्चका झापा अध्यक्ष सुदर्शन बरालका अनुसार राउत महिला गाविस सचिव हुनु गौरवको विषय बताउँछन् । ‘उनको क्षमता र आँट साच्चै प्रशंसायोग्य छ’–बराल भन्छन् ।
बरालका अनुसार झापामा ३३ जना गाविस सचिवको दरबन्दी छ । ३७ जनामध्ये राउत र सविता दाहाल महिला गाविस सचिव हुन् । दाहाल तोपगाछी गाविसकी सचिव हुन् । यद्यपि उनी काजमा जिल्ला बाहिर छिन् । दाहाल काजमा विराटनगरमा कार्यरत रहेको अध्यक्ष बरालले बताए ।

अब्बल अनिता
देबु बानियाँ

anita mam
मेचीनगर । नेपाली समाजमा अझै पनि धेरै सामाजिक काममा महिलालाई अवसर दिने गरिएको छैन । पुरुषप्रधान यो देशमा महिलाले के गर्न सक्छन् ? भन्ने सङ्कुचित भावनाका कारण आफुहरू नै अघि सर्ने गरेका छन् । तर, महिलाले अवसर पाए भने जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन् भन्ने उदाहरणहरू हामीसँग प्रशस्तै छन् । जसको एउटा ज्वलन्त उदाहरण हुन् अनिता थापा ।
पशुपति अङ्ग्रेजी स्कुल मेचीनगर–१० काँकरभिट्टाको सफल नेतृत्व गर्दै आएकी थापा झापाली शैक्षिक जगतमा अब्बल नाम हो । जसको कुशल नेतृत्वका कारण शैक्षिक क्षेत्रमा झापामै यो विद्यालय पनि अब्बल छ ।
२०५२ सालदेखि प्रिन्सिपलको भूमिका निर्वाह गर्दै आएकी थापाले पछाडि फर्कनु परेको छैन । आफुले पाएको अवसरलाई चुनौती सम्झेर सुरु गरेको यो यात्राले २० वर्ष पूरा गरेको छ । थापाको २०३३ साल मङ्सिर १४ गते बुबा प्रेमबहादुर थापा र आमा कर्मकुमारी थापाकी ५ बहिनी छोरी र एक छोरामध्ये कान्छी छोरीको रुपमा भारतको दार्जीलिङमा उनको जन्म भएको थियो ।
दार्जीलिङमै औपचारिक शिक्षा लिएकी उनले सोही ठाउँबाट वीएसम्मको अध्ययन गरेकी थिइन् । २०३४ सालमा बुबा प्रेमबहादुर नेपाल आएर काँकरभिट्टामा बस्ने प्रबन्ध मिलाए पनि परिवार भारतमै रहेको थियो ।
प्रेमबहादुरले २०४२ सालमा काँकरभिट्टामा विद्यालय स्थापना गरेका थिए । जतिबेला काँकरभिट्टामा एउटा निजी र एउटा सामुदायिक विद्यालय मात्र थिए । पछि अध्ययन सकेर थापा परिवारले नेपाल आएर त्यहि विद्यालय सञ्चालन गर्न थाले । जसको संस्थापक प्रिन्सिपल बुबा र प्रिन्सिपल दिदी हेमलता थापा थिइन् । पछि दिदीले पनि छोडेर अन्तै जानु पर्ने भएपछि एक जना प्रिन्सिपल राखेर विद्यालय सञ्चालन गरिएको थियो ।
अर्काको जिम्मा भएपछि भनेजस्तो विद्यालयले गति लिन नसकेपछि विद्यालयको सम्पूर्ण जिम्मेवारी अनिताको काँधमा आयोे । एकातिर उनको लागि सानै उमेरमा यो जिम्मेवारी पाउनु अवसर थियो भने अर्कातिर चुनौती पनि सँँगसँगै थियो । तर, उनले हिम्मत नहारी विद्यालय सञ्चालन गर्न सुरु गरिन् । ‘सुरुमा त निकै अप्ठेरो महसुस भएको थियो’, विगतलाई सम्झँदै अनिता भन्छिन्–‘तर, महिलाले पनि केही गर्नुपर्छ, सधै पछि हटेर हुँदैन भन्ने सोचेँ र आफु निडर भएर लागि परेँ ।’
थापाले २०५६ सालमा भाष्कर थापासँग विवाह गरिन् । अहिले उनको एक छोरा छन् ।
एन–प्याव्सन झापाकी कोषाध्यक्ष रहेकी थापा सामाजिक क्षेत्रमा पनि उत्तिकै व्रिmयाशील छिन् । ‘महिलाले केही गर्न सक्दैनन् भन्छन्’, थापाले भन्छिन्–‘अवसर पाए जुनसुकै काम गर्न सकिन्छ ।’
देशको राष्ट्रपतिदेखि सभामुखसम्म महिलाले नै नेतृत्व गरेका छन् । त्यो उहाँहरूले अवसर पाएर हो । यसकारण आफु सक्षम हुने र पाएको अवसरलाई नेतृत्व गर्ने हो पक्कै पनि जुनसुकै काम गर्न सकिन्छ । थापा सम्पूर्ण महिलालाई समाजमा व्रिmयाशील भएर अगाडि आउन आग्रह गर्छिन् ।
उनले नेतृत्व गरेको पशुपति स्कुल झापामा हरेक क्षेत्रमा अब्बल रहँदै आएको छ । ‘पढाइ सँगसँगै खेलकुद’ भन्ने उद्देश्य बोकेको यो विद्यालयले जिल्लाका धेरै प्रतियोगितामा जीत हासिल गरेको छ । भलिवल, व्रिmकेट, टेबल टेनिस, चेस, व्याटमिन्टनमा समेत थुप्रै मेडल र ट्रफ्री हात पारिसकेको छ ।
यसो त नृत्यमा जिल्लामै उत्कृष्ट रहँदै आएको छ । जिल्ला शिक्षा कार्यालय झापाले आयोजना गरेको सामूहिक नृत्यमा स्रोत केन्द्र हुँदै जिल्ला प्रथम भएको थियो । नेपाली लोक संस्कृतिमा आधारित नृत्यहरू प्रस्तुत गर्ने यो विद्यालयले विभिन्न क्षेत्रमा गएर आफ्नो नृत्य प्रस्तुत गरेको छ । जसका लागि एक जना नृत्य प्रशिक्षक समेत राखिएको छ । यो वर्षदेखि महिला व्रिmकेटकी राष्ट्रिय कप्तान रुविना क्षेत्री र फुटबलका राष्ट्रिय खेलाडी मीन बस्नेतको अगुवाइमा विद्यालयमा विmवmेट र फुटबल क्लब सञ्चालन गरिएको छ । आफ्नै क्षेत्रमा राष्ट्रिय प्रतिभा रहेकाले उनीहरूको हौसलाका लागि यो अभियान सञ्चालन गरिएको थापाले बताइन् । यस विद्यालयमा ३१ जना शिक्षक र कर्मचारी तथा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: