कमरेडहरुले चुनावी घोषणा पत्र बिर्सेकै हुन् !

  प्रकाशित मिति
३१ असार २०७७, बुधबार २२:१२


गत चैत ११ गतेदेखिको बन्दाबन्दीको सामान्य सदुपयोग गर्दै मैले भेटेसम्म केहि मात्रामा दुई चारवटा जति पुस्तकहरुको अध्ययन गरे ।

पुस्तकहरु अध्ययन गर्ने क्रममा मेरो एकजना आदरणीय व्यक्तित्वको सुझाव स्वरुप मैले खोजेर केही मात्रामा कम्युनिष्ट म्यानुफिस्टोको पनि अध्ययन गरे जुन कम्युनिष्टहरुको विश्वव्यापी घोषणापत्र रहेछ ।

म्यनुफिस्टो पढेपछि कार्ल मार्कसको मार्कसवादको पनि अध्ययन गर्ने मुड बनो जसलाई सदुपयोग गर्दै मैले मार्कसवादको पनि सामान्य अध्ययन गरे जस अन्तरगतको द्वन्द्वात्मक भौतिकवाद, वर्ग संघर्षको सिद्धान्त, एतिहासिक भौतिकवाद र अतिरिक्त मुल्यको सिद्धान्तहरुको सामान्य अध्ययन गरे ।

जसको अध्ययन पछि मलाई नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र अध्ययन गर्ने इच्छाशक्ति जाग्यो । जसलाई मेरि आमाले खुव सुरक्षाको साथ दराजमा राख्नु भएको थियो । त्यसैले आमालाई मागेर सो घोषणापत्रको अध्ययन गरे साथमा गिता, कुरान, बाइबल र तृपिटक भन्दा पनि पबित्र मानिने हाम्रो संविधानको अध्ययन गरे ।

मैले विगत तीन सालदेखि नेपाल कम्युनिष्ट पार्टीको सत्ता र सरकारलाई पनि अध्ययन गरे जसमा पुस्तकमा पढेको कम्युनिष्ट व्यवहारमा पाउन सकिन । हुन त साहित्य र व्यवहारमा फरक पर्नु कुनै अनौठो विषय हैन तर नेतृत्वदायी साहित्य व्यवहारमा नआउनु चाहिँ दुःखद कुरा हो ।

आदरणीय कमरेडहरु म आज केही भन्न खोजीरहेको छु र मैले भन्न खोज्या कुराहरुको आधारस्तम्भ तपाईहरुले नै चुनावी माहोलका बेला बोल्दा दिनुभएको आश्वासनहरु हुन् । तर, मेरा कुराहरु सुनाउन अघि म मेरो सामान्य पृष्ठभुमि पनि हजुरहरुलाई सुनाउन चाहन्छु ।

म एक मजदुरको छोरा, मेरा बा ले एकदिन काम गर्नु भएन भने मेरो परिवारको गुजारा गर्न निकै धौ धौ पर्छ । तर मेरा सपनाले यी मजदुरीलाई स्वीकार गर्न सकेनन् ।
सामान्य भाषामा भन्नु पर्दा मैले औकात माथिको सपना देखे । मेरो सपना पुर्तिका लागि मैले उच्चशिक्षा लिनु पर्ने बाध्यात्मक परिस्थितिबाट म गुज्रिए । मेरा सपना प्राप्तिका लागि बाले अझै एक दशक मजदुरीमा पीसिने फैसला गर्नु भयो । बाको फैसलाले मलाई आत्मबल दियो र उच्चशिक्षा पाइने पाठशालाहरुको ढोका ढकढक्याउन पुगे ।

लगभग मेरो घरबाट आठ–दस किलोमीटर भित्र पर्ने कुनै पनि पाठशालाको एड्मिसन शुल्क र मासिक शुल्क मेरो आर्थिक अवस्थाले भ्याएन । त्यसैले लगभग तीस किलोमीटर जति टाढाको एउटा क्याम्पसमा भर्ना गरे ।

हुन त त्यो पनि मेरो औकात बाहिर कै थियो तर अरु भन्दा अलि सस्तो भएकाले मैले त्यहाँ भर्ना गरे । बिडम्बना सो क्याम्पस म दिनहुुँ गएर क्लास लिन सक्दिन ।

मैले त्यहाँ भर्न गरे किनकि भबिष्यको लागि सार्टिपिकेट मात्र जरुरी थियो । त्यो सार्टिपिकेट मैले स्वाध्ययान बाटै प्राप्त गर्ने प्रण गरे । तर हजुरहरुले चुनावी माहोलमा हजुरहरुलाई भोट गरे बापत मेरै गाउँमा सबैले पढ्न सक्ने ठुलो क्याम्पस बनाउने आश्वासन दिनुभएको थियो ।

मैले यो मजदुरीबाट उस्किन पाउने गरी मेरो शैक्षिक अवश्थाले भ्याए सम्मको रोजगार दिलाउने आश्वासन दिनु भएको थियो । हुन त म आफुलाई बेरोजगार चाहिँ मान्दिन किनकी म रातदिन पेटका लागि लड्छु खेती किसानी गर्छु । तर रोजगारीको परिभाषाले मलाई बेरोजगारी नै बनाउछ त्यसैले नचाहदा नचाहदै म आफुलाई बेरोजगार भन्दछु ।

के हजुरहरुका ती सबै आश्वासनहरु बर्खे भेलमा परि बाढी पीडित भएकै हुन त ? कि हाम्रो अवस्थाको मजाक उडाउनु भएको थियो ? म फेरि पनि स्मरण गर्न चाहन्छु, मैले पुस्तकमा पढेको कम्युनिष्ट व्यवहारमा पाइन ।

यो बन्दाबन्दिमा नेतृत्वबाट भएका सामान्य कमि कमजोरीहरुलाई उद्घाटन गर्नु एक प्रतिपक्षीको काम हो तर हाम्रो यहाँ तेस्तो हुन सकेन । आफुले रचनात्मक र सकारात्मक तरिकाले सरकारको कार्यको विरोध गर्दै सरकार झक्झक्याउने अधिकार हुँदाहुँदै प्रतिपक्षीले स्वतन्त्र युवाहरुको नाममा आन्दोलन गर्नु खेदपुर्ण छ । यहीँ कुराहरुको अगाडि पछाडि गर्दै भारत–नेपाल सीमा विवाद तातिरहेको थियो तर यसै क्रममा दुईतिहाइ वहुमत भएको नेकपामा आन्तरिक द्वन्द्व र राजनैतिक खिचातानीले गर्दा कुर्सी मज्जाले हल्लियो ।

गणतन्त्रात्मक नेपालमा देखिएका सबै भन्दा राष्ट्रवादी नेतालाई नेतृत्वबाट हटाउने जस्ता प्रयत्न भयो जुन एक्दमै निन्दनिय विषय हो । राणा शासनका बेला एक साहसिक व्यक्तिले लेखेका थिए रे नेपालका एकमात्र बहादुर व्यक्ती जङंबहादुर हुन तर आज उनकै सन्तान नपुंसक भए भनेर अहिले नेकपामा पनि त्यही देखिदै छ ।

राष्ट्रियताको सवालमा बहादुर देखिरहेका छन् समाननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु तर उहाँको वरिपरिका सबै नपुंसक देखिए नेतृत्वबाट हटाउने गरिएको प्रयासबाट यो पुष्टि हुन्छ ।
राष्ट्र संकटको घडिमा नेतृत्व परिवर्तन र राजनैतिक अराजकता बढे कुनै तानाशाहको उदय हुने इतिहास र विश्लेषण हामीले धेरै पढेका छाँै । त्यसैले यसतर्फ कमरेडहरुको ध्यान पुगोस ।

अब हामी स्वतन्त्र नागरिक नामको हैन व्यवहारको कम्युनिष्ट चाहन्छौँ । हामी घोषणापत्र र कम्युनिष्ट म्यानुफुस्टो अनुसारको कम्युनिष्ट चाहान्छौँ । यदि हाम्रो माग पूरा गर्दै अनुशासित राजनीति गर्नु भए हाम्रो र तपाइँको सबैको भविष्य सुन्दर होला नत्र कुनै तानाशाहको उदय नहोला भन्न सकिन्न ।

तानाशाह उदाउन दिने नदिने तपाईहरुको निर्णयमा भर पर्न सक्छ । त्यसैले हरेक निर्णय सोचेर बुझेर मात्र लिनुहोला । हामी सबै मिलेर कोरोना विरुद्ध लडौँ सीमाको लागि कुटनितिक पहल गरौँ । अन्त्यमा भन्न चाहान्छु म तपाईंको समर्थक नि हुइन, विरोधी नि हुइन बस एक स्वतन्त्र नागरिक मात्र हुँ ।

लेखक ः गगन ढकाल मेचीनगर–३, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: