कमल गाउँपालिकाका १८ वर्षीय पुरुषमा कोरोना

  प्रकाशित मिति
२१ जेष्ठ २०७७, बुधबार १६:३९


झापा । बुधबार झापामा एक जना थपिएसँगै कोरोना संक्रमितको संख्या ११९ पुगेको छ ।

कमल गाउँपालिका–१ का १८ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गाउँपालिकाको सहिद धर्मभक्त माविको क्वारेन्टाइनमा बसेका उनको बुधबार प्रदेश १ सरकारले पुष्टि गरेको हो ।

केहि दिनअघिमात्र काँकरभिट्टा नाका हुँदै उनी घर आएको थिए । बुद्वशान्तिका ५ र कमल गाउँपालिकाका १ जना गरेर झापामा संक्रमितको संख्या ११९ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैवीच प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको सहिदभूमि गाउँपालिकामा १ जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।

बुधबार थप १३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । ती मध्ये ४८ जना उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: