कमलमा गोलाप्रथाबाट एमालेकी मेनुका विजयी

  प्रकाशित मिति
२० असार २०७४, मंगलवार १८:२५


 

menuka

झापा । झापाको कमल गाउँपालिकामा गोलाप्रथाबाट एमालेकी उम्मेदवार मेनुका काफ्ले अध्यक्षमा निर्वाचित भएकी छन् ।

अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका हुकुमसिंह राई र एमालेकी मेनुका काफ्लेको बराबर मत आएपछि गोलाप्रथा गरिएको हो । दुबै उम्मेदवारले ८,२७५ मत पाएका थिए ।

उक्त गाउँपालिकाको उपाध्यक्षमा एमालेकै बेणुराज शिवाकोटी निर्वाचत भएका छन् । झापाका १५ स्थानीय तहमध्ये छ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जस अनुसार नेकपा एमाले दुई, राप्रपा तिन र नेपाली कांग्रेस एक स्थानीय तहमा निर्वाचित भएका छन् ।

काफ्ले प्रदेश नं. १ मा इतिहास रच्न सफल भएकी छिन् । उनी एक नम्बर प्रदेशबाट प्रमुख पदमा जित्ने हालसम्मकी एक्ली महिला उम्मेद्वार हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: